राजनीति
मन्त्रिपरिषद फेरवदल हुने हल्लाका बिच भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका छन् ।
शनिबार जनकपुरमा मुजेलीया स्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले मन्तव्यको क्रममा आफू मन्त्री नरहेपनि सांसद पदमा रहिरहने भन्दै जनकपुरको विकासका लागि निरन्तर लागिपर्ने बताए ।
उनले आफू मन्त्री नरहँदा पनि जनकपुरसहित हरेक क्षेत्रको विकासका लागि निरन्तर लागिपरेको दावी गर्दै पूर्वाधारसहित हरेक क्षेत्रको विकास आवश्यक रहेको बताए ।
उनले जनकपुरमा मणिपाल अस्पतालको लागि वर्षौंदेखि रहेको निर्माणाधीन भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने बताए ।
किन दिए याेगेसलाइ प्रधानमन्त्री ओलीले धाेका मन्त्री बनाउन अस्वीकार
सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले चर्चित युवा नेता याेगेश भट्टराईलाई मन्त्री बनाउन अस्बिकार गरिदिएका छन। पार्टी मा शसक्त युवाकाे रुपमा परिचित नेता भट्टराई अध्यक्ष तथा प्रधानमन्त्री राेजाइका पर्नसकेनन।
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहेका छन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा केही समयअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि नयाँ मन्त्री को हुने भन्ने छलफल पनि शुरु भएको छ ।
निर्वाचनको क्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दै उनलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङबासीको भएको र मन्त्री बनाउने जिम्मेवारी आफ्नो भएको बताएका थिए । तर ओली नेतृत्वको मन्त्रिमण्डलमा भट्टराई अटाउन सकेनन् । अहिले पुनः भट्टराई मन्त्री हुने चर्चा शुरु भएको हो ।
मन्त्री हेरफेरसँगै पर्यटनमन्त्रीको पनि टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । ‘अध्यक्ष प्रचण्डले पर्यटनमन्त्रीमा भट्टराईको नाम प्रस्ताव गर्नुभएको छ । तर प्रधानमन्त्री ओलीले भट्टराईको नाम अस्वीकार गर्नुभएको छ’, प्रचण्डको भनाइ उदृत गर्दै नेकपाका एक स्थायी समिति सदस्यले भने– ‘योगेशजीलाई पर्यटनमन्त्री बनाउँदा राम्रो हुन्छ, यसअघि पनि मन्त्री बनाउने घोषणा भएको थियो, भट्टराईलाई मन्त्री बनाउँदा सरकारलाई राम्रो हुन्छ ।’
तर, जवाफमा प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउनुभन्दा पार्टीकै जिम्मेवारी दिँदा राम्रो हुने बताएको ती नेताले बताए । नेकपाका नेता देवेन्द्र पौडेलले मन्त्री हेरफेरको बारेमा पार्टीभित्र छलफल शुरु भएको स्वीकारे । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।