logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रहरी विशेष ब्यूरोको रिपोर्ट : विप्लवको यी हुन पाचँ ‘कोर टीम’ ! अहिले विप्लव यो ठाउँमा छ


  • राजेश भण्डारी
  • आइतबार, चैत्र ३ २०७५

पोखरा- २०७५ माघ २८ गते प्रहरी प्रधान कार्यालय मातहतको ‘विशेष ब्यूरो’ले प्रहरी प्रमुख (आईजीपी) सर्वेन्द्र खनाललाई एउटा रिपोर्ट बुझाएको थियो । उक्त रिपोर्टमा भनिएको थियो, ‘नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ निकै व्यवस्थित योजनाका साथ अगाडि बढेको छ,ब्यूरोको रिपोर्टमा अर्को कुरा पनि उल्लेख थियो, त्यो के भने, ‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल, मिटरब्याजी र भ्रष्ट कर्मचारी पनि विप्लवको निशानामा छन् ।’माघ २८ गते प्रहरी प्रधान कार्यालयमा ब्रिफिङ गरिएको सो रिपोर्ट आईजीपी खनालमार्फत गृह–सचिव प्रेम कुमार राई र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष पनि ब्रिफिङ गरियो । तर, विशेष ब्यूरोले दिएको चौकी हान्ने सूचना, एनसेलमाथि हुने भनिएको कारवाही र भ्रष्ट आचरणका कर्मचारी तथा निर्माण व्यवसायीहरुमाथि आक्रमण गर्ने सूचनालाई गृह मन्त्रालयले ‘हल्का–फुल्का’ रुपमा लियो ।

फलस्वरुप फागुन १० गते साँझ नख्खुस्थित एनसेल मुख्यालयमा बम विष्फोट भयो । त्यही साँझ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङ, रोल्पा, काभ्रे र दोलखा लगायतका जिल्लामा रहेको दुई दर्जन बढी एनसेल टावरमा आगजनी तथा बम विष्फोट गराएका थिए । त्यसपछि सुरक्षा निकाय र राजनीतिक क्षेत्रमा तरंग नै आयो
नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहमा पाँच जनाको कोर टीम छ । जुन टीमले ठूला र दूरगामी महत्त्व राख्ने निर्णयहरु गर्ने गरेका छन् । टीमको नेतृत्वको नेत्र विक्रम चन्द ‘विप्लव’ ले गरेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन् ।
‘विप्लव’पछि खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कोर टीमको दोस्रो सदस्यमा पर्छन् । हेमन्त प्रकाश ओली ‘सुदर्शन’, सन्तोष बुढामगर र धर्मेन्द्र बास्तोल ‘कञ्चन’ विप्लव हेडक्वार्टरका मुख्य सारथी हुन् । महत्त्वपूर्ण निर्णयहरु पाँच जनाको स्थायी समितिले गरेपछि सम्बन्धीत इकाईमा फरवार्ड हुने गरेको बताइएको छ ।स्थायी समिति भन्दा तल्लो तहमा ३५ जना पोलिटब्यूरो सदस्यहरु छन् । सरकारले ‘विप्लव ’ लाई प्रतिबन्ध लगाएपछि सवैभन्दा धेरै प्रहरीको टार्गेटमा परेका छन्, पोलिटब्युरो सदस्यहरु ।शुक्रवार साँझ नेपाल प्रहरीको विशेष ब्यूरो र महानगरीय अपराध महाशाखाको टोलीले पोलिब्यूरो सदस्य तथा जबस ब्यूरो इन्चार्ज मोहन कार्की ‘जीवन्त’ लाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले लामो समयको निगरानी पछि ‘जीवन्त’ लाई पक्राउ गरेको थियो । विप्लवका नेता कार्यकर्तालाई ‘जहाँ देख्यो त्यहीँ समात्ने’ सरकारी निर्णयपछि ‘विप्लव समूह’ का नेता कार्यकर्ताहरु दुर्गम गाउँहरुमा केन्द्रीत भएको बताइएको छ ।परिवर्तनका लागि लडेर आएका विप्लवलाई प्रतिवन्ध लगाएसँगै उनी राप्ती क्षेत्रमा पुगेको बताइएको छ । ब्यूरोको रिपोर्टले संकेत गरेजस्तै अव ‘विप्लव’ ग्रामिण क्षेत्रका चौकी आक्रमणमा उत्रिए भने, परिस्थिति अर्कै हुनेछ ।सरकारी प्रतिवन्धपछि विप्लवको शक्ति ह्वात्तै बढेको जानकारहरु बताउँछन् । त्यस्तोमा विप्लवले कस्तो बाटो रोज्लान्, सरकार कसरी प्रस्तुत होला ? त्यो भने समयले नै बताउनेछ । राजेश भण्डारीले रातोपाटीमा लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार