राजनीति
g]sf dxf;ldlt a}7s aGb;qdf ;xefuLx?
sf7df8f}Fdf d+unaf/ g]kfnL sfFu|];sf] dxf;ldlt a}7ssf] aGb ;qdf ;xefuL g]tf tyf sfo{stf{ . tl:a/M /f]zg ;fksf]6f, /f;;
काठमाण्डौ- पार्टीभित्र आफ्नो कार्यशैलीविरुद्ध मोर्चाबन्दी भइरहेका बेला सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन
आन्तरिक किचलोका बीच कांग्रेस केन्द्रीय समितिको बैठक आज (सोमबार)का लागि बोलाइएको हो ।बैठकमा नेविसंघ महाधिवेशनका लागि तदर्थ समिति तथा पार्टीको अनुशासन आयोग बनाउने लगायतका विषयमा छलफल हुने तयारी गरिएको छ।
तर उनीविरुद्ध मोर्चाबन्दी गरेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला समूहले आजको बैठक पनि सभापति देउवाले पार्टी संस्थागत निर्णयले नभई एकलौटी रूपमा चलाएको भन्दै बहिष्कार गर्ने चेतावनी दिएको छ।सभापति देउवाले महासमितिले दिएको निर्देशनविपरीत विधान अनुमोदन गरेको उक्त पक्षको आरोप छ। साथै बहुमतकै आधारमा उनले अरू महत्वपूर्ण निर्णय पनि गर्न लागेको भन्दै पौडेल-सिटौला पक्षले गत फागुन ९ गते बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेको थियो।
देउवाको कार्यशैली सुधार नभएसम्म सहभागी नहुने उनीहरूको अडान छ।आजको बैठकमा पेस गर्ने एजेन्डाबारे छलफल गर्न सभापति देउवाले आइतबार आफ्नो निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक राखेका थिए। तर कुनै सहमति जुट्न सकेन।