राजनीति
काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी विघटनको खतरा बढी भएको बताएका छन् । हामीले पटक पटक सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्छ भन्दै आइरहेका थियौँ, पछिल्लो छलफलमा प्रचण्ड कमरेड बाहिर जानुभन्दा पहिल्यै टुङ्ग्याउने सहमतिसहित छलफल गरेका थियौँ । तर बैठक बोलाइएन ।’नयाँ पत्रिकासँग कुराकानी गर्दै यही सन्दर्भमा उनले भनेका छन्, ‘
अध्यक्ष र सचिवहरुको सुची टुङ्ग्याएर नेपाल कम्युनिस्ट पार्टीको एकतालाई पूर्णता दिने लक्ष्य शीर्ष नेताहरुको दाउपेचका कारण रोकिएको छ ।
आइतबार पत्नी सीताको उपचारका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेपछि अब नेपाल कम्युनिस्ट पार्टीको एकता झन् लम्बिएको छ ।
यो सब परिस्थितिका कारण अब पार्टी विघटनमा जान सक्ने सम्भावना उनले औंल्याएका छन् । उनले भनेका छन्, ‘एकीकरणमा अहिले भइरहेको ढिलाइले विस्तारै पार्टीलाई विघटनतिर लैजाने खतरा बढेको छ । त्यसैले सिद्धान्तनिष्ठ, वस्तुनिष्ठ र पद्धतिसम्मत ढंगले जतिसक्दो छिटो एकता टुङ्ग्याइहाल्नुपर्छ । अन्यथा यस्तो ढिलाइले पार्टी विग्रहतिर जान्छ ।’\