राजनीति
बुटवल– प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय ‘रातो घर’ मा हस्तक्षेप गरेका छन् ।
आज साँझ प्रहरीले कार्यालयमा लगाएको ताल्चा फोडी नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत हटाएको हो । सो कार्यालय एक दशकदेखि तत्कालीन नेकपा ,त्यसपछि बैद्य समुह र अहिले विप्लव समुहले कब्जामा लिएको थियो ।
सो भवनमा रहेका झण्डा र ब्यानर प्रहरीले हटाएको भन्दा पनि माथिको आदेश पालना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
सिदार्थ राजमार्गको छेउमा पर्ने यो घर विप्लव नेतृत्वको पार्टीले कब्जामा लिएपछि राष्ट्रिय बाणिज्य बैंक भाडामा बस्दै आएको थियो ।