राजनीति
नेपाल कम्युनिस्ट पार्टी चितवनले रत्ननगर नगरपालिका प्रमुख इन्जिनियर प्रकाश ढुंगाना कालोमोसो दलेको छ ।
संस्था र परियोजनामा बजेट पारिदिने नाममा, घरजग्गा र बाटोको सिफारिस गरेबापत कमिशन खाने साथै भुमाफिया हरुसङ्ग मिलेर घोल र एेलानी जग्गा जग्गा दलालको नाममा नामसरी गर्ने, भुमाफियासङ्ग मिलेर सुकुम्बासी बस्तीमा आतंङ्क मच्चाएको भन्दै चितवनको रत्ननगर नगरपालिकाका मुख्य इन्जिनियर प्रकाश ढुङ्गानालाइ कालो मोसो दलेको नेपाल कम्युनिस्ट पार्टी, चितवनले जानकारी दिएको छ ।
उनको कार्यक्षमा गएर कालो मोसो र जुत्ताको माला लगाएको बताइएको छ । ढुङ्गानाको कार्यक्षमा भेटिएको पर्चामा उनलाइ कार्वाही गर्न पर्ने ६ बटा बुद्दाहरु उल्लेख गरेको पाइएको छ ।