logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव कार्यकर्ता भन्छन्: ‘खुलेरै प्रतिवाद गर्छौ’, जनसरकार गठन


  • राजनीति
  • मंगलबार, चैत्र ५ २०७५

बुटवल– नेत्रविक्रम चन्द (विप्लव) गुल्मी जिल्ला संगठनका कार्यकर्ताहरुले सरकारले आफ्नो पार्टीविरुद्ध सरकारले गर्ने दमनको खुलेरै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सो पार्टीका गुल्मी जिल्ला जनसरकार प्रमुख प्रशान्त वरालले यस्तो चुनौती दिएका हुन् ।
तपाईहरु पहिला जस्तो सडकमा पनि देखिनुहुन्न्, सरकारले प्रतिबन्ध लगाएदेखि भूमिगत भएको हो र ? भन्ने प्रश्नमा बरालले प्रतिप्रश्न गर्दै भने– ‘हामी किन भूमिगत हुने ? हामी सरकारले गर्ने जुनसुकै प्रकारको दमनविरुद्ध खुलेरै प्रतिवाद गर्न तयार छौं ।’

तीन स्थानीय तहमा जनसरकार गठन

गुल्मीका १२ वटा स्थानीय तहहरुमध्ये सो पार्टीले तीनवटा तहलाई आधार ईलाका बनाउँदै जनसरकार गठन गरेको जनाएको छ । बरालका अनुसार सो पार्टीले मालिका गाउँपालिका, धुर्कोट र सत्यवती गाउँपालिकालाई आधार ईलाका बनाउँदै ती स्थानीय तहमा जनसरकार गठन गरेको हो । ९९ सदस्यीय जनसरकार गठन गरि समानान्तर सरकारको भूमिकामा हामी छौं, जिल्ला जनसरकार प्रमुख बरालले भने– ‘ जुन–जुन कुरामा स्थानीय सरकारले कर उठाउँछ, हामी पनि तिनै निकायमा त्यतिनै कर उठाउँदै छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार