logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

संकटकाल सम्झिदै कालिकोटका जनता गाउँ गाउँमा सेना परिचालन


  • राजनीति
  • बुधबार, चैत्र ६ २०७५

नेत्रविक्रम चन्द विप्लवकाे पकड क्षेत्र मानिएकाे कालिकोट का मुख्य एरिया राष्काेट नगरपालिका शान्नित्रिवेणी गाउपालिका  र नरहरिनाथ गाउपालिकामा ठुलाे संख्यामा सेना परिचालन गरिएको छ।

याे कालिकोट जिल्लाभित्रकाे विप्लवकाे विशेष क्षेत्र हाे यहाँ प्रत्येक घरमा विप्लवका सदस्य छन्।  नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको हाे। रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।

कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रीत भएको हो ।

गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए । उनले भने, ‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।’

यसरी गाउँमा सेना परिचालन गरिए पछि जनताले संकटकाल भन्दा फरक अनुभूत  गर्न नसकेकाे स्थानीय राजनीतिक दलका नेता भन्छन् । जनयुद्धको घटनाका घाउहरु फेरि बल्झिनेमा उनिहरुकाे चिन्ता छ। २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा देखिन्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार