राजनीति
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीका मुख्य सहयोगी नुमबहादुर विकसहित चार जना नेता पक्राउ गरेकाे बुझिएकाे छ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले विकसहित नख्खु विस्फोटमा संलग्न भएको आशंका मा शिव धिमाल, डिकेन्द्र राई र विशाल तामाङलाई पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलबार राति उनीहरूलाई काभ्रेबाट पक्राउ गरेको हो ।
काभ्रेको रोशी गाउँपालिका–१, काफल डाँडामा मंगलबार राति प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भनिएतापनि नेकपा कार्यकर्ता निशस्त्र रहेकाे र प्रहरीले जवजस्ती मुडभेट बनाएर घटनालाइ अतिरन्जित गरेकाे थियाे।
अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा काठमाण्डु महानगरीय प्रहरी अपराध महाशाखाको टोली काभ्रे पुगेको थियो । प्रहरीलाई देख्नेबित्तिकै नेकपाका कार्यकर्तालाई गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीको भनाइ छ ।
यसै बिच यहि घटनासग जाेडेर केही अन्लाईन हरुले नेकपा का स्थायी सदस्य हेमन्त प्रकाश ओली गिरफ्तार भएकाे भन्दै लेखेका छन् । तर याे कुरा न प्रहरीले न त स्वयम् नेकपाले नै पुष्टि गर्नसकेकाे छ। प्राप्त स्राेतका अनुसार हेमन्त ओलि त्यहा भएकाे सुचनाकाे आधारमा प्रहरी पुगेपनि सुदर्शन गिरफ्तार नभएकाे नेकपा स्राेतले बताएको छ।
तर यसबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।