logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सुदर्शन सुरक्षित हुनुहुन्छ हामीले गाेली चलाएका छैनाै : नेकपा


  • न्युज डेस्क
  • बुधबार, चैत्र ६ २०७५

हल्लाहरुका रस्साकस्सी बिच नेकपा का स्थायी सदस्य तथा मध्य कमाण्ड इन्चार्ज  हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सकुशल र सुरक्षित रहेकाे नेकपा ले जनाएको छ।

गय राती प्रहरीले नेकपाका नेता तथा कार्यकर्ता पक्राउ गर्न भन्दै महानगरीय प्रहरी काे विशेष टाेली काभ्रे पठाएकाे थियाे।काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी  का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन्त्रणमा लिइएकाे थियाे । प्रहरीले उनिहरुको साथबाट ६ थान मोवाईल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज फेला पारेकाे छ।जस्लाइ हतियार भनी प्रचार गरिएकाे थियोे ।
अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएकाे थियाे।

अपराध महाशाखाको टोली मंगलबार बिहान काठमाडौंबाट  समातिएका भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई साथै लिएर काभ्रे पुगेको थियो ।

पक्राउ परेका विप्लवका कार्यकर्ताले आफन्तहरुसँगको भेटमा प्रहरीले आफूहरुलाई पक्राउ गरेपछि अमानवीय ढंगले कुटपिट गरेको तर आफ्नो तर्फबाट गोली नचलेको बताएका छन् । काभ्रेका जिल्लाका एक नेताले  भने, ‘हाम्रो तर्फबाट फायर भएको भन्ने कुरा सरासर झुटो हो, बरु हाम्रा साथीहरुलाई अमानविय ढंगले कुटपिट गरिएको छ ।’ उनले भने आफन्त लाई समेत भेटन दिइएकाे छैन राज्य यसरी नै जाने हाे भने युद्ध राेक्ने तागत कसैले राख्दैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार