logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरातर्फ होली मनाउन आउदै गरेका एक युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • राजनीति
  • बुधबार, चैत्र ६ २०७५

धादिङ – पोखरातर्फ होली मनाउन जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१३प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका-२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा घाइते सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मार्दी ट्रेकमा गएका जापानी पर्यटकको भिरबाट खसेर मृत्यु

पोखरा-मार्दीे हिमाल ट्रेकिङमा गएका जापानी पर्यटक ६४ वर्षे नाजासावा मजासीको भिरबाट लडेर मृत्यु भएको छ । मजासीभिरबाट ८ सय मिटर तल खसेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोविन्द पुरीले उनीसँगै गएका अन्य पर्यटकहरुले मृत्युको जानकारी दिएको जानकारी दिए । ६ जनाको टोली चैत १ गते हिमालयन शेर्पा एड्भेन्चर कम्पनीबाट ट्रेकिङमा गएका थिए । उक्त टोलीमा २ जना नेपालीसमेत थिए ।
यता, मृत्यु भएका मजासीको उद्धार भने भोलि शुक्रबारमात्रै हुने भएको छ । प्रदेश प्रहरी प्रवक्ता पुरीका अनुसार मार्दी क्षेत्रमा खराब मौसमका कारण आज उद्धार गर्न नसकिएको हो । शुक्रबार मौसम खुलेपछि हेलिकप्टरमार्फत उद्धार गरिने उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार