logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मुडभेट भन्दै निशस्त्रमाथी गाेली हानेर विप्लव नियन्त्रण संम्भव छ त ?


  • राजनीति ब्युराे
  • बिहिबार, चैत्र ७ २०७५

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा कपिलवस्तु का चार जना नेता तथा कार्यकर्ता लाई प्रहरीले प्रकाउ गरेकाेछ। पार्टी माथि प्रतिबन्ध लगाय पश्चात् राज्य व्यापक दमनमा उत्रिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताए । यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिकामा श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् ।

यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् ।

यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै उनिहरुलाइ प्रहरीले अनावश्यक उत्तेजित बनाइरहेको छ।

प्रतिबन्ध पश्चात् पार्टीका पाेलिटब्युराे सदस्य माेहन कार्की जिवन्त देखि मध्य कमाण्ड कार्यलय टिमका सदस्यहरु उपत्यका तथा काभ्रेबाट गिरफ्तार गरेकाे छ।

पार्टीका नेता तथा कार्यकर्ता गिरफ्तार गर्न प्रहरीले गाेली चलाउन सुरु गरेकाे छ। कथित दाेहाेराे भिडन्त भन्दै निशस्त्र नेता कार्यकर्ता माथि गाेली हानिएकाे छ।

यस्तै प्रतिबन्ध पश्चात् राेल्पा कालिकोट कपिलवस्तु मा व्यापक सेना परिचालन गरिएकाे छ। गाउँ गाउँमा जनताले संकटकाल भन्दा फरक अनुभूत  गर्न पाएका छैनन्। विप्लव खाेज्दै गाउँ हिडेका सेना प्रहरीले कतिवेला कुन मुडभेट काे नाममा जनता वा नेकपा का नेता कार्यकर्ता माथी गाेली हान्ने हाे भन्ने बिषय मनभित्र बाेकेर त्यसठाउका जनता साेचिरहेका छन्।

मंसिर ८ गते काठमाडौं भब्य जनसभा गरेकाे नेकपा काे पछिल्लो केन्द्रीय राजनीतिक कार्यक्रम हाे। मुलुकका सबै जिल्लामा मजवुद संगठन बनाएकाे नेकपालाई सरकारले भनेजस्तै नियन्त्रण गर्न सजिलो र सम्भव छैन । आन्तरिक हिसावले शैन्य अभ्यास समते गरेकाे नेकपाले सेना प्रहरी बिरुद्ध नलडने रणनीति लिएकाे बुझिन्थ्याे । तर राज्य बन्दुक र शक्ति काे दुरुपयोग तिर लाग्दै मुडभेट काे नाममा नेकपा माथि जुन ढंगले उत्रियाे यसले बन्दुक उठाउन बाध्य बनाएकाे नेकपा का एक पाेलिट ब्युराे सदस्य बताउछन् ‘बन्दुक हाम्रो बिषय थिएन हामी दलाल बिरुद्ध लडिरहेका थियाै तर दलालहरु बचाउन जसरी राज्य शक्ति तथा निर्दाेष सेना प्रहरी हाम्रा बिरुद्ध लडन पठाइयाे यसले राम्रो संकेत गरेन अब हामिलेे बन्दुककाे बाटो राेज्नु हाम्राेे बाध्यता हुन्छ।’

पछिल्लो समय गरि करिव ५०० काे हाराहारीमा नेकपा का नेता कार्यकर्ता प्रहरीले पक्राउ गरिसकेको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार