logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गिरफ्तार र धरपकड गर्नेको लगत राखेका छौ कारबाही गर्छौ : ओम पुन


  • राजनीति
  • आइतबार, असोज १ २०७४

आफ्नो पार्टीका नेता तथा कार्यकर्ता गिरफ्तारीमा परेपछि नेपाल कम्युनिष्ट पार्टीले असोज २ गतेदेखि कास्की जिल्लामा सरकारी सवारी साधनहरु सञ्चालनमा रोक लगाउने बताएको छ ।

आइतवार पोखरामा पार्टीको तर्फवाट वोल्दै उक्त पार्टिको पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुनले बताएका छन । पार्टीका कार्यकर्ता तथा समर्थक र सर्वसाधारणको गिरफ्तारी धरपकड, अनावश्यक निगरानी, घर खान तलासी, र झुट्टा मुद्धामा फसाउने राज्यिको प्रतिकृयावादी षडयन्त्र भएकाले तत्काल बन्द गर्नुपर्ने अन्यथा पार्टि प्रतिरोधतात्मक संघर्षमा उत्रिन बाध्य हुने बताए ।

उनले आफ्ना कार्यकर्ताहरुलाइ विनाशर्त रिहाइ नगरे यहि आश्वीन ४ गते देखि प्रदेश नं ४ मा सरकारी सवारी साधनमा रोक लगाउने चेतावनी पनि दिइन् । पत्रकार सम्मेलनमा बोल्दै  पुनले आफ्नो पार्टीले पोखराको सस्तो बजारमा वम नराखेको स्पस्ट पार्दापार्दै राज्यले गरेको गिरफ्तारीले पार्टीले प्रतिरोधमा उत्रिने भन्दै गिरफ्तार गर्नेहरु विरुद्ध लागत राखिएको र वारेन्ट जारी गरी कारवाही गर्ने कडा अभिव्यक्ति दिएका छन ।

गत भाद्र २६ गते सस्तो बजारमा अज्ञात समुहले राखेको वमलाइ नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसंग जोडेको र सोही आरोपमा नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोवीन्द ओलि लेकेन्द्र राइ लगाएतका नेता तथा कार्यकर्ताको गिरफ्तारीलाई लिएर सो पार्टीले विरोधका कार्यक्रम बारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार