logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सुरक्षा संयन्त्रलाई समेत थाहा नभएको विप्लव नेकपा भित्र यस्तो छ संरचना अनि तागत !


  • राजनीति
  • बिहिबार, चैत्र ७ २०७५

पोखरा- नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाकाे संगठनात्मक संरचना सैन्य संरचनामा आधारित छ। जुन जनयुद्ध ताका थियाे ।त्यसलाई साममन्य परिमार्जन सहित उक्त पार्टी ले संगठनकाे ढाचाँ  दिएको पाइन्छ ।  जनयुद्ध कै झल्को दिनेगरी संगठानिक संरचना देशभर  छ ।

देश संघीयतामा गएपनि विप्लवले भने अञ्चलको संरचना अनुसार संगठन निर्माण गरेको हो ।

पार्टीकाे उच्च  निकाय  स्थायी समितिमा महासचिव  विप्लव,  खड्गबहादुर विक  प्रकाण्ड, हेमन्त  प्रकाश ओली  सुदर्शन,  धमेन्द्र बास्तोला  कन्चन र  सन्तोष बुढामगर विषम छन् । नेकपाले  देशभरलाई ३ वटा कमाण्ड बाडेकाे छ।  यसमा पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिम कमाण्ड छन् ।

पश्चिम कमाण्ड स्थायी सदस्य धर्मेन्द्र बास्ताेलाले हेर्छन    माओवादी विद्रोहको समयदेखि नै विदेश विभाग प्रमुख भएर काम गरेका बास्तोला अहिले दुवै भूमिकामा छन् ।   भने मध्य कमाण्ड इन्चार्जमा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ हुन् । उनी विप्लवका विश्वास पात्रको रुपमा लिइन्छन् । अध्ययन र अनुसन्धानमा रुची राख्ने ओली सामरिक महत्त्व काे क्षेत्र काे इन्चार्ज छन्

फाैजी संरचना 

यो विभागको प्रमुखमा महासचिव विप्लव छन् । यसको संचालनमा जनरल स्टाफ छ । यसको सञ्चालन  ९ जनाले गर्छन । यो विभागभित्र अर्को प्राविधिक विभाग पनि छ । यसले उसले बनाएको सेनाभित्रको प्राविधिक काम गर्छ ।

यस्तो छ ब्युराेकाे सांगठनिक ढाचाँ

महाकाली  यो ब्युरोमा बैतडी, दार्चुला, डडेलधुरा र कञ्चनपुर छन् । यसको इन्चार्जमा रामप्रसाद तिमल्सिना राप्ती  छन्।

सेती  यो ब्युुरोमा  बाजुरा, डोटी, अछाम र कैलाली र कन्चनपुर जिल्ला छन्। यो व्युरोको इन्चार्ज शंकर खड्का ‘सिकन्दर’ छन्।

भेरी  यस ब्युरोमा बाँके, बर्दिया, जाजरकोट र दैलेख जिल्ला छन् । इन्चार्ज भने बलबहादुर ओली शितल छन् ।

कर्णाली  यो ब्युरो अन्तर्गगत मुगु, जुम्ला, हुम्ला, कालिकोट र दैैैलेख छन् । इन्चार्जको खम्ब बुढा एटम

लुम्बिनी  यो ब्युरोमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, नवलपुर र गुल्मी जिल्ला छन् । जसको इन्चार्ज  चन्द्रबहादुर चन्द ‘वीरजंग’  छन।

धौलागिरी  यो ब्युरोमा सल्यान, पर्वत, बाग्लुङ र म्याग्दी छन् । यसको इन्चार्जमा धुब्र घिमिरे  विप्लव छन।

राप्ती  यो ब्युरोमा रुकुम, रोल्पा, सुर्खेत, दाङ, प्युठान, पूर्वी रुकुम र सल्यान छन् । इन्चार्ज केस बहादुर बुढा हुन ।

नारायणी  यो ब्युरोमा बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन जिल्ला छन् । ब्युरोको इन्चार्ज चेतबहादुर पुन ‘चिरण’ हुन ।

पश्चिम ताम्सालिङ  यो ब्युरोमा रसुवा, धादिङ र नुवाकोट जिल्ला छन् । ब्युरो इन्चार्ज मोहनलाल चन्द ‘आधार’ छन् ।

उपत्यका  उपत्यका ब्युुुराेे तीन जिल्ला छन् । ब्युरोको इन्चार्ज  माइला लामा प्रज्जवल छन्।

सगरमाथा  यस  ब्युरोमा ओलखढुङ्गा, खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्ला छन् । इन्चार्जमा दिपेश राई छन् । राईपनि पूर्व तात्कालीन नेकपा माओबादी सेनाका कमाान्डर हुन ।

जनकपुर  यो ब्युरोमा महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही र सिन्धुली जिल्ला छन् । यसको इन्चार्ज सन्देश पौडेल हुन् ।

पूर्वी ताम्सालिङ  काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा यो व्युरोमा छन् जसको इन्चार्ज नन्दबहादुर बुढामगर ‘विजय’ हुन ।

मेची  यो ब्युरोमा इलाम, झापा, पाँचथर, संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्ला समेटिएको छ । ब्युरोको इन्चार्जमा सुमन लिम्बु छन् । लिम्बु तात्कालीन नेकपा माओवादी सेनाका कमान्डर  हुन ।

काेशी कोशी ब्युरोमा सुनसरी, भोजपुर, मोरङ र धनकुटा छन् भने ब्युरोको इन्चार्ज पुष्कर श्रेष्ठ हुन् ।

अन्तर्राष्ट्रिय ब्युरो 

नेकपाले बनाएको यो व्युरोको इन्चार्ज धर्मेन्द्र वास्तोला ‘कञ्चन’ हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार