logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सेना परिचालन : राष्ट्रकाे लागि अत्यन्तै खतरानाक छ : पुर्व जर्नेल डा. बस्न्यात


  • राजनीति
  • बिहिबार, चैत्र ७ २०७५

सेना परिचालन सम्बन्धि बिधयकलाइ लियर सरकार तथा प्रधानमन्त्री केपि ओलीकाे चाैतर्फि आलोचना र बिराेध भएको छ। पछिल्लो समय बिबादित निर्णय गर्दै गएको ओली सरकारले विप्लवलाइ मुख्य चुनाैति ठान्दै सेना परिचालनकाे पावर प्रधानमन्त्रीमा प्रयाेग गरेर नेपाली सेनाकाे शक्ति काे  दुरुपयोग हुनसक्ने आशंकाहरु बढिरहेका छन्।

यसै बिच सुरक्षाविद् तथा नेपाली सेनाका अवकाशप्राप्त जर्नेल डाक्टर प्रेमबहादुर बस्नेत प्रधानमन्त्रीलाई त्यस्तो अधिकार यदि चाहिने हो भने प्रधानमन्त्रीले संसदमार्फत यो–यो कारणले आवश्यक छ भनेर जनाकारी गराउनुपर्ने बताउँछन् । ‘आवश्यक छ भने राष्ट्रका नाममा संसद र सरकारलाई भन्नुपर्छ नेपालको सुरक्षामा भारत, चीन, विप्लव, सीके कोकोबाट खतरा छ ? त्यो जनताले जान्न पाउनुपर्छ । त्यो कुरा प्रधानमन्त्रीले प्रष्ट्याउनुपर्छ ।

दलहरुको समेत सहमति नलिई एकल निर्णयमा सेना परिचालन गर्नु देशका लागि घातक हुन्छ’, सुरक्षाविद बस्नेत  भन्छन, ‘एकल निर्णयका आधारमा सेना परिचलन गर्दा स्वयं सेनालाई पनि असर गर्छ ।’ उनले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला रुक्माङ्गद कटुवाल प्रकरण भएजस्तै अर्को प्रकरण दोहोरिन सक्ने खतरा रहेको बताए । ‘भोलि यही कारण प्रधानमन्त्रीसमेत हट्नुपर्ने हुनसक्छ, त्यो ख्याल गरेको देखिएन ।

आवाश्यकताभन्दा पनि निहित स्वार्थ र चाहानामा यो काम भएको भनेर बुझिन्छ’, बस्नेतको भनाइ छ । ‘यो त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै शैली भयो, शैनिक कू र मार्सल सैनिकको अभ्यास गरेजस्तो देखियो यो अत्यन्त खतरा हो’, बस्नेतको ठहर छ ।

राताेपाटीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार