पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयाेजक डाक्टर बाबुराम भट्टराईले स्ना परिचालन सम्बन्धि अधिकार प्रधानमन्त्री मा केन्द्रीकृत गर्नु लाई ‘ कु’ काे अर्थ लाग्ने बताएका छन्।
प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति भएको सुरक्षा परिषद्लाई समेत नसोधी प्रधानमन्त्री एक्लैले गर्छु भन्न खोज्या के ? यो त सीधै सेनालाई लथालिङ्ग पार्ने र आफूले चाहेको मान्छे टिपेर सीधै ‘कू’ गर भन्ने अर्थ लाग्ने हो ।
उनले याे अधिनायकवाद उन्मुख सोच भएकाे बताएका छन् । नेता डा. भटट्राईले विधेयकमा गरिएको यो व्यवस्था सच्याउन सुझावसमेत दिएका छन् । उनले विधेयक जस्ताको तस्तै परित भए प्रधानमन्त्री निरङ्कुश बन्ने दाबीसमेत गरेका छन् । हुन त प्रधानमन्त्री ओलीले यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सुरक्षा परिषद्लगायतका महत्त्वपूर्ण निकाय आफूमा केन्द्रित गरिसकेका छन् ।
‘यस्ता कार्य प्रधानमन्त्रीको व्यक्तिगत स्वेच्छाचारिता र अधिनायकवाद उन्मूख सोचको परिचायक हुन्’, डा. भट्टराईले भने।
भट्टराईले ठूला परियोजना विनाप्रतिस्पर्धा प्रधानमन्त्रीले सीधै सम्झौता गर्न सक्ने प्रावधान पनि गलत भन्दै संविधानविपरीतसमेत भएको बताएका छन् । ‘यस्तो सुविधा संविधानले कल्पना गरेको संसदीय शासकीय स्वरूपको प्रधानमन्त्रीलाई प्राप्त छैन’, भट्टराईले भनेका छन्, ‘यदि त्यस्तो आवश्यकता पर्न गए शासकीय स्वरूप परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्न तयार हुनुपर्छ ।’