logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गोरखा पालुङ्टारमा चितुवा र कुकुरको डेढघण्टा भिडन्त : चितुवाको मृत्यु हेर्नुस


  • शिव उप्रेती
  • बिहिबार, चैत्र ७ २०७५

गोरखा -चितुवा र कुकुरको भिडन्त हुँदा पालुङ्टार नगरपालिका ९ भोर्लेको  जंगलमा  चितुवाको मृत्यू भएको छ। वडा अध्यक्ष भेजराज पाण्डेले  बिहीबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भएको भिडन्तमा चितुवा मरेको जानकारी दिए।

उनले  स्थानीय फुचुङ लामाको बाख्रा फाराममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि कुकुरले प्रत्याक्रमण गर्दा चितुवाको मृत्यू भएको बताए। ‘बाख्रा फाराममा साना ठूला गरेर छ वटा कुकुर थिए। कुकुर सबै उन्नत जातका हुन्’, उनले भने, ‘दोहोरो भिडन्त हुँदा चितुवा पनि मरेको छ। एउटा कुकुरको पनि मृत्यू भएको छ।’ दुईटा कुकुर पनि घाइते भएको उनले बताए।

चितुवा र कुकुरको डेढघण्टासम्मको भिडन्त बाख्रा फारामका धनी फुचुङ लामाले प्रत्यक्ष हेरेको अर्का स्थानीय तपबहादुर उप्रेती बताउँछन्। फारामसँगै रहेको सालको जंगलदेखि चिसापानी खोलासम्म भिडन्त भएको बाख्रा फारामका साहु लामाले देखेको उनले बताए।

घटनास्थलमा रातामाटे सेरा चौकीबाट प्रहरी पुगिसकेको र सो चितुवा वन कार्यालयलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।शिव उप्रेतीले अन्नपुर्णमा लेखेका छन।

चितुवाको मुचुल्का गरी गाड्ने डिभिजन वन अधिकृत इमनाथ पौडेलले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार