logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दलालहरुलाइ छोडिदैन , सेना प्रहरीलाइ आक्रमण गर्ने योजना छैन : सुदर्शन


  • आश तमु
  • बिहिबार, चैत्र ७ २०७५

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा का स्थायी सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शन गिरफ्तार भएका आफ्नाा नेता कार्यकर्ता रिहा नभए जनप्रतिराेध गर्ने चेतावनी दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्दोलनको निशाना दलाल पुँजीवाद भएको भन्दै अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले चैत ७ गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेका छन् ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिले देश गृहयुद्धमा जाने सर्वत्र चिन्ता गरिएको बेला नेता सुदर्शनले जनता, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको समेत ध्यानाकर्षण पनि गराएका छन् । साथै उनले आफ्नो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् । सरकारले गिरफ्तार गरिएहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने चेतावनी सुदर्शनले दिएका छन् ।

हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भनी प्रचारित समाचारलाई लिएर प्रहरी आफैँले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको कुरा पनि सुदर्शनको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ बिज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार