logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकार पक्राउ


  • रासस
  • शुक्रबार, चैत्र ८ २०७५

काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ।
परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले ‘आवाज डटकम’ अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएका आरोपमा खनाललाई पक्राउ गरिएको जानकारी दिए। ‘अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ’, प्रहरी नायब उपरीक्षक बोगटीले भने।

अभियुक्त खनाललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार