दाङ- दाङमा एकजना वडा सदस्यले लखेटी लखेटी मानिस कुटेको छ ।घोराही उपमहानगरपालिका वडा नं। १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई वडा नं। १९ का वडा सदस्य जंगबहादुर रोकाले लखेटी लखेटी चिर्पटले कुटेर घाइते बनाएका हुन् ।
घटना पछि वडा सदस्य रोका फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिएक छन ।
बिहीवार बेलुका ९ बजेतिर वडा सदस्य रोका, उनका भाइ इन्द्रबहादुर रोका,संजय विश्वकर्मा र सुरेश मगरले सुनारलाई लखेटी लेखेटी हात खुट्टा तथा चिर्पटले निर्घात कुटपिट गरेको एसपी पाण्डेले बताए ।
कुटपिटमा संलग्न रहेका मध्य इन्द्रबहादुर रोका र संजय विश्वकर्मालाई पक्राउ गरेको तथा अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । कुटपिटबाट सुनारको टाउको लगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको पनि प्रहरीले बताएको छ।
तुलसीपुरमा मदिराले मातेका युवाहरुका बीचमा कुटाकुट
यसैबीच तुलसीपुरमा मदिराले मातेका युवाहरुका बीचमा कुटाकुट हुँदा थप तीन जना गम्भीर घाइते भएका छन् ।
तुलसीपुर उपमहानगपरपालिका वडा नं। ७ मोतिपुरमा युवाहरुका बीच कुटाकुट हुँदा वडा नं। ६ कपडादेवी निवासी २१ बर्षीय सञ्तोष चौधरी, सोही उमेरका दिकप चौधरी र २२ बर्षीय अर्जुन चौधरी घाइते भएको प्रहरीको भनाइ छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि उनीहरुलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जानकारी दिएको हो । घाइते सबैलाई टाउको, अनुहार लगाएत शरिरका विभिन्न भागमा चोट पटक लागेको छ, सेतोपाटीले लेखेका छन।