logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

आमा-छोरी एउटै कक्षामा


  • राजनीति
  • सोमबार, असोज २ २०७४

भेरी नगरपालिका  बोहराकी ४३ बर्षीया पुर्णिमा मल्ल चन्द १८ बर्षीया छोरी अमृतासंगै दैनिक १ घण्टा हिंडेर विद्यालयको कक्षाकोठामा पुग्छिन् ।

आमा छोरी प्राय कक्षाकोठाको पहिलो बेन्चमा बस्छन् । पुर्णिमा र उनकी छोरी अमृता भिभुवन मावि खलंगाका ११ कक्षाका विद्यार्थी हुन् ।

पुर्णिमाले त्रिभुवन माविबाटै ११ बर्षअघि एसएलसी उत्तीर्ण गरेकी थिईन भने अमृताले यसै बर्ष एसईई उत्तीर्र्ण गरेकी हुन् ।

९ कक्षा पढ्दापढ्दै २०५१ सालमा विवाह भएपछि पढाई अलपत्र परेको पुर्णिमाले बताईन् । उच्च शिक्षा पढ्ने लक्ष्य थियो तर पुरा भएन ।

घर नजिकैको विद्यालय र क्याम्पसबाट स्नातकसम्मको शिक्षा लिने उदेश्य रोखेकी छु । उनले भनिन् छोरी संगै विद्यालयमा पढ्ने अवसर पाउँदा खुसी लागेको उनले बताईन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार