logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपा द्धारा प्रचण्ड निकट मानिने अजय सुमार्गीको २५ रोपनी जग्गा कब्जा


  • राजनीति
  • शनिबार, चैत्र ९ २०७५

सरकार बाट प्रतिबन्धित विद्रोही शक्तिको रुपमा सस्थापित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ब्यावसायी अजयराज सुमार्गीको कास्कीको पोखरा स्थित २५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ । पोखरा महानगरपालिका शिशुवामा रहेको उनको जग्गा एका विहानै कब्जा गरिको सो पार्टीले जनाएको छ ।
नेपालको एकनम्बर नवधनाढ्य अजयराज सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं.२९०६,५७०३,२९१०,५६९८,५७००,७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा थाहै नदिई आफ्नो नाममा गरेको भन्दै नेकपा कास्कीले कब्जा गरेको जनाएको छ ।
उक्त जग्गा पोखरा महानगरपालिका वडा नं. १२ निवासी बद्रीप्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहै नदिई अजयराज सुमार्गीले आफ्नो नाममा गरेको स्रोतमा उल्लेख गरिएको छ ।
सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रालिले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउँदा जग्गा विवादित बनेको हो । पीडितले यसबारे सरकारी अदालतमा कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएका थिए ।
पिडित परिवारले न्यायको लागि जनपरिषद कास्कीमा गरेको निवेदन र आवश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि सो जग्गा कब्जा गरेको नेकपा कास्कीले जनाएको छ ।
विवादित जग्गा किनबेच, भोगचलन,तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण,ब्यवसायी,लखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागी नहु्न नेकपा कास्कीले अनुरोध समेत गरेको छ । यसअघि पर्यटकीय नगरी पोखराको मुटु मानिने न्यूरोडमा रहेको एक बिबादित जग्गामा डोजर चलाएर सो जग्गा किनबेच गर्नमा रोक लगाएको थियो ।
न्यूरोडस्थित कैशाल विकास बैंकको नजिक रहेको आफ्नो नौ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहु भनिने बिष्णुप्रसाद श्रेष्ठले हडपेको भन्दै कृष्ण थापाले कास्की जिल्ला जनसरकारमा उजुरी दिएका थिए । थापाले यसबारे सरकारी अदालतमा कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार