नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका स्थायी सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनलाई नख्खु बिस्फोटको मुख्य अभियुक्त किटान गरी प्रहरीले मुद्दा चलाउने तयारी थालेको बुझिएकाे छ । उनीमाथि कर्तव्य ज्यान, बम बिस्फोट र हातहतियार तथा खरखजना मुद्दा चल्ने प्रहरीले जनाएको छ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२५ वर्ष) सजाय हुने व्यवस्था छ। यस्तै, उनीमाथि बम बिस्फोट र हातहतियार खरखजना मुद्दा आकर्षित हुने देखिएको प्रहरीले जनाएको छ। फौजदारी संहिताको बम बिस्फोट, हातहतियार तथा खरखजना मुद्दामा पाँचदेखि दस वर्ष सजाय हुने व्यवस्था छ।
उनले नख्खु घटना लगत्तै आफ्नाे पार्टी ले उक्त कार्वाही गरेकाे भनी राजनीतिक जिम्मेवारी लिएका थिए । राजनीतिमा नेता तथा कार्यकर्ता का लागि याे नया बिषय भने अबश्य हाेइन । किनकि राज्यले हर संकटको बेला बिद्रोही शक्ति माथी यस्ता खाले कर्म गरिराखेको बिगत बाट बुझ्न सकिन्छ ।
स्मरणीय रहाेस हेमन्त प्रकाश ओली सुदर्शन आतंककारी अभियाेगकाे सामना गर्दै २०५५ माघ २८ मा पक्राउ गरेर बाजुरा स्थित शैनिक ब्यारेकमा बन्दी जीवन बिताइसकेका छन्। उनी २०५८ असार २१ गते प्रहरीसग मिलेर जेल ब्रेक गर्न सफल भएका थिए।
भने गत २०७४ फागुन ६ गते उनलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय युवा जनस्वयंसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा जाँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो।