राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री रामचन्द्र पाैड्यालले नेत्रबिक्रम चन्द विप्लवसग तत्काल बार्ता गर्न सरकारसग माग गरेका छन्। प्रचण्डलाई जनयुद्धको स्मरण गराउदै उनले दमनकाे बाटोले मुलुक कहाँ पुग्छ सम्झिन अपिल पनि गरे।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्दलाई मूलधारमा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राम्रोसँग थाहा हुँदाहुँदै पार्टीलाई नै प्रतिबन्ध लगाएर थप हिंसा भड्काउनु लोकतन्त्र माथिको प्रहार भएको बताए ।
सिन्धुलीमाढीमा शनिबार बिहान नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले सर्पको खुट्टा सर्पले नै देख्ने भन्दै चन्द को मुहान खोजेर समस्या हल गर्न सरकार र नेकपालाई सुझाव दिएका छन् ।
समस्यालाई गम्भीर रुपमा नलिदाँ अहिलेको अवस्था आएको भन्दै उनले चन्दकाे पार्टी सग अब दमन होइन संवादको थालनी गर्नुपर्ने बताए । ‘दमनले नै समस्याले चर्को रुप लियो कि समिक्षा गर्नुहोस्,’ उनले भने, ‘गाउँमा जनताहरु त्रसित हुन थालेका छन् ।’ याेे तरिका ले गणतन्त्र बच्दैन्।