राजनीति
बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएकाे छ । विश्वविद्यालयले आयुर्वेद स्नातक (बीएएमएस) तहको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा ढिलाई र चलखेल गरेको आरोप लगाउँदै एमालेनिकट अनेरास्ववियूले शुक्रबारदेखि केन्द्रीय कार्यालयका साथै आयुर्वेद डिनको कार्यालय र केन्द्रीय आयुर्वेद क्याम्पसमा तालाबन्दी गरेको हो ।
फागुन २५ गते भएको परीक्षाको नतिजा लामो समयसम्म पनि सार्वजनिक नभएपछि तालाबन्दी गरिएको हाे। चलखेल र राजनीतिक दबावबिना निष्पक्ष नतिजा सार्वजनिक नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ।