राजनीति
काठमाडौ बाट केहि घन्टाको दुरीमा रहेको काभ्रेबाट हिजाे राती पक्राउ गरिएका नेकपाका स्थायी सदस्य तथा मध्यकमाण्ड इन्चार्ज सुदर्शनलाई ललितपुर काे बिकट गाउँ ठेंचु लगिएको पारिवारिक स्राेतले जानकारी दिएको छ । उनको पारीवारिक स्रोतका अनुसार काठमाडौको टेकु परिसरमा लाने जानकारी आएको भए पनि पछि ललितपुर को विकट गाउमा पुर्याएको बताएको छ ।
निशस्त्र रुपमा समातिए नेता ओलीलाइ हतियार खरखजनाकाे मुद्दा लाउन सजिलो हुनेगरी हतियार भिराउन ललितपुर काे बिकट गाउँ पुर्याएकाे भन्दै परिवारले मानवअधिकार कर्मि पत्रकार सबैमा मानवअधिकार काे पक्षमा बाेलिदिन अपिल गरेका छन्।
उहाँ सुदर्शन निशस्त्र समातिनु भएकाे हाे । उहालाई फसाउन एउटा पेस्तोल र जेलिटिन लगायतका सामान गाडीमा भेटिएकाे बनाउन उक्त गाउँ पुगाएकाे पारिवारिक स्राेत ले दावी गरेको छ।
नेता हेमन्त प्रकाश ओली सुदर्शनलाई नख्खु बिस्फोटको मुख्य अभियुक्त किटान गरी प्रहरीले मुद्दा चलाउने तयारी थालेको बुझिएकाे छ । उनीमाथि कर्तव्य ज्यान, बम बिस्फोट र हातहतियार तथा खरखजना मुद्दा चल्ने प्रहरीले जनाएको छ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२५ वर्ष) सजाय हुने व्यवस्था छ। यस्तै, उनीमाथि बम बिस्फोट र हातहतियार खरखजना मुद्दा आकर्षित हुने देखिएको प्रहरीले जनाएको छ। फौजदारी संहिताको बम बिस्फोट, हातहतियार तथा खरखजना मुद्दामा पाँचदेखि दस वर्ष सजाय हुने व्यवस्था छ।
उनले नख्खु घटना लगत्तै आफ्नाे पार्टी ले उक्त कार्वाही गरेकाे भनी राजनीतिक जिम्मेवारी लिएका थिए । राजनीतिमा नेता तथा कार्यकर्ता का लागि याे नया बिषय भने अबश्य हाेइन । किनकि राज्यले हर संकटको बेला बिद्रोही शक्ति माथी यस्ता खाले कर्म गरिराखेको बिगत बाट बुझ्न सकिन्छ ।