logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रेस स्वतन्त्रतामा अंकुश लगाउदै सरकार हिंसाका बिसय लेखे कार्वाही : मन्त्री बास्काेटा


  • राजनीति
  • शनिबार, चैत्र ९ २०७५

केही दिन अघि नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाए लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गरे कार्वाही गर्ने चेतावनी दिएका छन्। रेडियो प्रसारण सङ्घ (अकोराब)को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियोः नीतिगत बहस’ कार्यक्रममा आज उनले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता समाचार सम्प्रेषण नगर्न निर्देशन  गरेका हुन् ।

उनले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानूनअनुसार अघि बढ्ने बताए । ‘हिंसा प्रोत्साहन नगरौँ, हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गरौँ’, उनले भने, ‘हिंसाका विषयवस्तु सञ्चारमाध्यममा दिए सरकारले त्यसलाई प्रेस स्वतन्त्रतासँग मात्र जोडेर हेर्दैन, त्यसलाई आफ्नो घोषित कानूनअनुसार सरकारले हेर्दछ ।’

उनले हिंसालाई अभिप्रेरित गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हुने कि नहुने भनेर प्रश्न गरे । उनले पाँच– छ सञ्चारमाध्यमले हिंसाका कुरालाई प्रोत्साहन गरेको उल्लेख गरे । सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको उल्लेख गर्दै उनले भने, ‘त्यस्तो हिंसाका विषयवस्तु दिने सञ्चारमाध्यमलाई कारवाही हुने कि प्रेस स्वतन्ता हनन हुने ।’

संकटकालकाे सम्झना दिलाएका मन्त्री बास्काेटाले विप्लवका गतिविधि बारे लेख्ने र विप्लव निकट पत्रकारमाथी कार्वाही हुनसक्ने सांकेत गरेकाे बुझिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार