राजनीति
पुर्व उपप्रधानमन्त्री तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव ससँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् ।
तर, विप्लव समूह वार्तामा आउन नचाहेको उनले बताए । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाहरुले गरेको क्रियाकलाप गलत छ’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’
शनिबार गृहजिल्ला आएका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताए ।
तर एकातिर बार्ताकाे हवला दिदै दमन गर्ने दाउमा राज्य रहेको नेकपाको बुझाइ छ । औपचारिक बार्ताकाे काेसिस सम्म नगरेकाे सरकार एकाएक दमनमा उत्रिय पछि संघर्ष चर्किने बिस्लेषकहरुको भनाइ छ । हिजो राती मात्रै नेकपा का स्थायी सदस्य हेमन्त ओली सुदर्शन लगाय ९ जना गिरफ्तार गरिएको छ।