logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विखण्डनकारीलाइ अंगालो हाल्न विप्लवमाथी प्रतिबन्ध : राप्रपा


  • राजनीति
  • शनिबार, चैत्र ९ २०७५

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सहायक महामन्त्री राजाराम बर्तौलाले सरकारले आफ्नो असफलता ढाकछोप गर्न विखण्डनकारी तत्वलाई अंगालो हाल्ने र विप्लवलाई प्रतिबन्ध लगाउने काम गरेको बताएका छन् ।

आज मकवानपुरको फापरबारीमा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले सरकार सर्वसत्तावादको बाटोतर्फ अग्रसर भएको भन्दै आक्रोश पोखे । निषेधको राजनीतिले निकास नदिने भन्दै सरकारलाई सहिष्णु बन्न उनको सुझाव थियो ।

कमजोर जगमा उभिएको गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हल्लिन थालेको चर्चा गर्दै बर्तौलाले वैकल्पिक शक्तिको रुपमा राप्रपालाई बलियो बनाउन आवश्यक भएको विचार व्यक्त गरे ।

निराशा र निष्कृयता त्यागेर अब उत्साह र उmर्जाका साथ संगठन निर्माणमा केन्द्रित हुन सहायक महामन्त्री बर्तौलाले कार्यकर्ताहरुलाई आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार