राजनीति
नेकपाका स्थायी सदस्य सुदर्शन लगाए गिरफ्तार बाट प्रहरीले हतियार सहित बिस्पाेटक पदार्थ भेटाएकाे भन्ने समाचार र प्रहरीकाे भनाइ झुटाे भएकाे नेकपाका एक नेताले जानकारी दिएका छन् भने हिजै पारिवारिक स्राेतले उहाहरुलाइ फसाउन ललितपुर काे बिकट गाउँ लगिएको प्रति आपत्ति जनाएका थिए।
काभ्रेबाट निशस्त्र समातिएका नेताहरुलाइ सिधै काठमाडौ नल्याएर दिनभर ललितपुर काे बिकट गाउँ ठेचु लगिएको थियाे।
सुदर्शन निशस्त्र समातिनु भएकाे हाे । उहालाई फसाउन एउटा पेस्तोल र जेलिटिन लगायतका सामान गाडीमा भेटिएकाे बनाउन उक्त गाउँ पुगाएकाे पारिवारिक स्राेत ले दावी गरेको छ।
नेता हेमन्त प्रकाश ओली सुदर्शनलाई नख्खु बिस्फोटको मुख्य अभियुक्त किटान गरी प्रहरीले मुद्दा चलाउने तयारी थालेको बुझिएकाे छ । उनीमाथि कर्तव्य ज्यान, बम बिस्फोट र हातहतियार तथा खरखजना मुद्दा चल्ने प्रहरीले जनाएको छ।
तर प्रहरीले भने उनिहरुबाट पेस्तोल सहित बिस्पाेटक पदार्थ भेटिएको दावी गरेकाे छ। अपराध अनुन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समुहलाई खानीखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च गर्ने क्रममा उनीहरु भाग्न प्रयोग गरेको बा १७ च ४८९३ नम्बारको सिल्भर कलरको स्कोर्पियो गाडीको डिक्कीभित्र लुकाइरहेको अवस्थामा पेस्तोल र विस्फोटक पदार्थ फेला परेको दावी गरेेेेकाेे