logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्मला प्रकरण : एसपी विष्टको पक्षमा आयो अदालतको यस्तो आदेश


  • राजनीति
  • आइतबार, चैत्र १० २०७५

कञ्चनपुर – जिल्ला आदतल कञ्चनपुरले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी विष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानका क्रममा प्रमाणहरु नष्ट गरेको आरोपमा उनलाई एसपी पदबाट वर्खास्त गरीएको थियो । उनी यही चैत ५ गते जिल्ला अदालत उपस्थित भएका थिए ।

फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा यातना र सार्वजनिक न्याय विरुद्धको कसुरको मुद्दा दायर गरिएको थियो । साथै फागुन २६ मा तत्कालीन एसपी विष्ट र डीएसपी अंगुर जिसीका नाममा उपस्थित हुन ३५ दिने म्याद जारी भएको थियो । अदालतले म्याद जारी गरेको १० औं दिनमा उनी आफैं उपस्थित भएका थिए ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्या भएको आज चैत १० गते ९ महिना पूरा भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार