logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रचण्ड झै देखिने को हुन यिनी ? जसले प्रचण्ड सङ्गै बिताए भुमिगत जिवन देखी अहिले सम्म


  • शम्भु दंगाल
  • आइतबार, चैत्र १० २०७५

पोखरा-  बानेश्वर र सिंहदरबार आसपास एक्लै वा केही साथीहरुसहित तपाईँले नेकपाका अध्यक्ष प्रचण्ड जस्तै मान्छे हिँडेको देख्नुभएको छ ? हाे, उनी प्रचण्डजस्तै देखिन्छन् । उनलाई देख्नेहरु प्रचण्ड ठानेर हरेक दिन झुक्किने गरेका छन् ।शम्भु दंगालले रातोपाटीमा लेखेका छन।तत्कालीन माओवादी २०६३ सालमा शान्तिप्रक्रियामा आएदेखि नै उनलाई प्रचण्ड सोचेर मान्छे नझुक्किएको दिन नै छैन । प्रचण्डजस्तै देखिने यी व्यक्तिपनि २०५२ सालमा सुरु भएको जनयुद्धमा प्रचण्डसँगै भूमिगत भएका थिए । शान्तिप्रक्रियापछि २ पटक संविधानसभा सदस्य भएका उनी अहिले राष्ट्रियसभा सदस्य छन् ।सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्डजस्तै देखिने यी व्यक्ति हुन् कालीबहादुर मल्ल । जो २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति गरिरहेका छन् । प्रचण्डको राजनीतिक ‘मुभमेन्ट’ जस्तो हुन्छ, त्यसलाई इमान्दार कार्यकर्ता भएर उनले पछ्याउँदै आइरहेका छन् ।तपाईँ प्रचण्ड हैन र !

को हुन् कालीबहादुर मल्ल ?

प्रचण्डभन्दा ४ वर्ष कान्छा मल्ल जाजरकोट खलंगामा २०१६ साल फागुन २२ गते जन्मिएका थिए । स्थानीय त्रिभूवन हिमालय हाइ स्कुलमा १० कक्षासम्म पढेपछि उनले मास्टरी गर्न थाले । १० वर्षसम्म ४ वटा स्कुलमा २०४३ सालसम्म पढाए । उनले भने, ‘त्यो बेला एसएलसी दिनेबित्तिकै स्कुलमा पढाउने काम पाइन्थ्यो । २०४६ मा बहुदलीय व्यवस्था आएपछि औपचारिक रुपमा राजनीतिक दलमा क्रियाशील भएँ । २०४७ मा नेकपा मशालमा पूर्णकालीन भएर लागँे ।’२०४८ सालको आम निर्वाचनमा उनले जाजरकोट १ बाट मशालको तर्फबाट उम्मेदवारी पनि दिए, पछि एमाललेसँग तालमेल गर्ने भएपछि उनले उम्मेद्वारी फिर्ता लिए । तर २०४९ को स्थानीय तहको निर्वाचनपछि जिल्ला विकास समिति सदस्यमा निर्वाचित भए ।२०५२ माघ सम्म जिल्ला विकास समिति सदस्यमा रहे । पार्टीले जनयुद्ध घोषणा गरेपछि उनी फागुन १ गतेबाट भूमिगत भए । भूमिगत भएपछि पार्टीले दिएका विभिन्न किसिमका जिम्मेवारीहरु बहन गरे ।उनले भने, ‘मेरो पार्टीमा सधैं एउटै जिम्मेवारी भएन । कहिले साँस्कृतिक मोर्चा, कहिले जनसत्ता, कहिले जनमुक्ति सेनाको प्लाटुन कमिसार, कहिले भूगोल कहिले के भएर काम गरे । म पार्टीमा सुरुमा साँस्कृतिक मोर्चाको कमिसार थिएँ । हाइस्कुल पढ्ने बेला अलि अलि गीत कविता लेख्थेँ । त्यसलाई आधार मानेर साथीहरुले साँस्कृतिक मोर्चाको जिम्मा लिन भनेका थिए ।’उनले सुरु सुरुमा गीत लेखे । तर कुनै प्रकाशन तथा रेर्कड भएनन् । जाजरकोटमा प्रकाशन र रेकर्ड गर्ने सुविधा थिएन । २०४५ सालमा उनी शेरबहादुर अधिकारीसँग रेडियो नेपालमा आए । त्यो देउडा गीत थियो । कम्युनिस्ट विचारधारा बोकेका उनलाई त्यो गीत चित्त नबुझेपछि उनी रेकर्ड नगराई फर्किएका थिए ।२०३९ सालमा जनसाँस्कृतिक केन्द्र नामको संस्था स्थापना गरेका थिए । जुन त्यतिबेलाको नेकपा चौथो महाधिवेशनसँग निकट रहेको थियो । यो संस्थामाफर्त केही गीत रचेर गाउँ गाउँमा साँस्कृतिक कार्यक्रम गरिएको थियो । उनले भने, ‘कम्युनिष्ट संगठन बनाउँन त्यो प्रचारात्मक आन्दोलन थियो । त्यो संगठन २०४३ सालसम्म क्रियाशील भयो । पछि साथीहरु कता कता लागे ।’१० वर्षको जनयुद्धपछि २०६३ साल वैशाख १९ गते दैलेखबाट उनले भूमिगत जीवन त्याग गरेर खुला भए ।२०६४ सालमा संविधान सभाको निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर १ बाट चुनाव लडे । प्रतिस्पर्धीको भन्दा २ तिहाई मत ल्याएर संविधानसभा सदस्यमा निर्वाचित भए ।२०७० मा भने उनी समानुपातिक प्रणालीबाट सांसद भए । पार्टी फुटेपछि भेरी–कर्णाली इन्चार्ज भएर काम गरे । गत वर्ष भएको निर्वाचनपछि उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार