logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देशमा लुट र राज्य आतंक चलिरहेको छ : महन्त ठाकुर


  • राजनीति
  • सोमबार, चैत्र ११ २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले मुलुकमा अहिले राज्य आतंक चलिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राज्य आतंकका कारण जनताले आफ्नो अधिकारका लागि आवाज उठाउनसमेत नपाएको बताए ।

अहिले राज्य आतंक चलिरहेको छ, राज्य आतंक सबैभन्दा ठूलो हुन्छ । किनकी उसको हातमा गोली हुन्छ, उसको हातमा कानून हुन्छ, उसको हातमा अदालत हुन्छ । उसले जहाँ पनि हान्न सक्छ’ नेता ठाकुरले भने ।

उनले टीकापुर घटनामा रेशम चौधरी जेल जानु राज्य आतंक भएको जिकिर गरे । ‘लोकतन्त्रमा अधिकार माग्दा जेल जानुपर्ने’ उनले प्रश्न गरे ‘अधिकार माग्दा जेल जानुपर्‍यो भने कुन सिस्टममा अधिकार माग्ने ?’

नेता ठाकुरले सरकारले अतंक मच्चाउदा इनाम र प्रशंसा पाउने तर जनताले अधिकार माग्दा जेल जानुपर्ने, गोली खानुपर्ने अवस्था रहेको बताए । अहिले लोकतन्त्र भए पनि केन्द्रीकृत खालको लोकतन्त्र रहेको जिकिर गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार