logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अव सिआईबीको खोजीमा गण्डकी मेडिकलका अध्यक्ष अर्याल सहित फरार सञ्चालक


  • राजनीति
  • सोमबार, चैत्र ११ २०७५

कास्की- कास्की प्रहरीले फरार सुचिमा रहेकागण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ। फरार व्यक्तिको खोजीमा सहयोग गर्न कास्की प्रहरीले पत्र पठाएपछि टोली परिचालन गरिएको छ ।

अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध कास्की प्रहरीमा एमबिबिएस र नर्सिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीले गैरकानुनी रूपमा करोडौं रकम उठाएको भन्दै मुद्दा दर्ता गराएका थिए। तीमध्ये मेडिकल कलेजका प्रमुख कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । कलेजले झन्डै ५० करोड रूपैयाँ ठगी गरेको विद्यार्थीहरुको दाबी छ ।

कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोडभन्दा बढी अवैध रूपमा उठाएको प्रारम्भिक रिपोर्ट छ । यो प्रकरणमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याललाई प्रमुख प्रतिवादी बनाइएको छ ।

त्यस्तै, प्रिन्सिपल रविन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा शाखाकै विश्वराज घिमिरे, हरिमाया पौडेल, स्टोर किपर कृष्ण पौडेल, काठमाडौंस्थित कार्यालयबाट विद्यार्थी भर्नामा काम गर्ने तिलक पौडेल, कर्मचारी कृष्ण घिमिरे र दिनेश पौडेलमाथि मुद्दा छ। उनीहरु विरुद्ध फागुन २२ गते नै पक्राउ पूर्जी जारी भईसकेको छ । अतिरिक्त शुल्क फिर्ता, शुल्कको बिल, भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी लामो समयदेखि आन्दोलनमा थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार