logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पुर्व प्रहरी महानिरीक्षक गुरुङ द्दारा स्थापित हर्क वनसुवा स्मृति अक्षयकोषबाट ल्हेगे तमु परिवार सम्मानित


  • राजनीति
  • सोमबार, चैत्र ११ २०७५

पोखरा- तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा शनिबार एक कार्यक्रम बिच ” हर्क – वनसुवा स्मृति अक्षयकोष”बाट उत्तर पुर्वी ल्हेगे तमु परिवार सम्मानित भएकोछ ।
पुर्व प्रहरी महानिरीक्षक ( आइजिपी ) हेमबहादुर त्होर्जे तमु र उहाँको धर्मपत्नी हरिमाया ल्हेगे तमुले आफ्न स्वर्गीय बाबा हर्क त्होर्जे र आमा बनसुवा टु तमुको स्मृतिमा” हर्क – बनसुवा स्मृति अक्षयकोष”स्थापना गरिदिनु भएको हो ।
तमु प्ये ल्हु संघ केन्द्रिय समितिले संचालन गर्ने गरि २ लाख ५१ हजार १११ रुपैयाको मुलधनबाट प्राप्त बार्षिक ब्याजले तमु जातिको खेगी ( धर्म गुरु) शिक्षा हासिल गरेका नव युवा वा खेगी चेला प्रशिक्षण गर्ने सस्थालाइ सम्मान गर्ने तमु प्ये ल्हु संघले जनाएको छ ।
संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्नुहुदै अक्षयकोषदाता पुर्व आइजिपी हेमबहादुर तमुले तमु जातिको खेगिगुरुहरु लोपोन्मुख अवस्थामा पुगिसकेको हुँदा,खेगी उत्पादनमा टेवा पुगोस् भन्ने सोचाइले उक्त अक्षयकोष स्थापना गर्नु भएको बताउनुहुदै कोषको मुलधनमा वृद्धि गर्ने सोचमा रहेकोे समेत बताउनुभयो ! उत्तर पुर्बी ल्हेगे तमु परिवारले लामो समयदेखि तमु खेगी ( पच्यु ) चेला प्रशिक्षण कार्य गर्दै आइरहेको र हाल ताप्लेजुङ जिल्लाका पाँच जनालाइ निशुल्क खेगी प्रशिक्षण दिई रहेकोे स्रोतले जनाएको छ ।
संघको केन्द्रिय महिला समितिको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण केन्द्रिय सचिव बुद्धि च्हम्रु तमुले गर्नुभएको थियो ।

तस्बिर मणि सरव्ज तमु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार