logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव नेकपाका अर्का ठुला कोसी व्यूरो इञ्चार्ज श्रेष्ठ सहित एक मोरङबाट प्रकाउ


  • राजनीति
  • सोमबार, चैत्र ११ २०७५

मोरङ- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेतालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।मोरङ कानेपोखरी गाउपालिका– ४ को भित्री गाउँबाट कोसी व्यूरो इञ्चार्ज पुस्कर श्रेष्ठ र आकाश शर्मालाई पक्राउ गरेको हो।

शर्माको पार्टी हैसियत प्रष्ट भइसकेको छैन। दुवैजनालाई पार्टीको आन्तरिक प्रशिक्षणका लागि गाँउमा पुगेको समय प्रहरी श्रोतले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार दुवैलाई पक्राउ गर्ने क्रममा पर्दा अन्य नेता भने फरार भएका थिए।

पूर्व पश्चिम राजमार्गको कानेपोखरीदेखि करिव ७ किलोमिटरमा पर्ने भित्री गाउँमा पक्राउ परेका नेकपा कार्यकर्तालाई पथरी सम्म ल्याइएको बताइएको छ।तर मोरङ प्रहरीले भने विप्लव कार्यकर्ता पक्राउको विषयमा अनविज्ञता प्रकट गरेको छ।

मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भने, ‘मोरङबाट पक्राउ पर्दा मलाई जानकारी हुनुपर्ने हो। जिल्लाको टोलीले पक्राउ गरेको भए खबर पाएको छैन।’

विप्लव नेकपाका कालिकोटमा जनसरकार प्रमुख शाही प्रकाउ

कालिकोट प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेकपा बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ।कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो।शाही कालिकोटमा विप्लव नेकपाले गठन गरेको जनसरकार प्रमुख पनि हुन्।उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ। ‘विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको हो,’ शर्माले भने, ‘के–के मुद्दा आकर्षित हुन्छन्, प्रारम्भिक अनुसन्धानपछि भोलि अदालत लगिने छ।’कालिकोट विप्लव नेकपा नेता खड्गबहादुर विश्वकर्माको आधार इलाका मानिन्छ। सरकारले गत फागुन २८ गते विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले पक्राउ तथा कारबाहीलाई तीव्र पारेको छ।त्यसअघि विप्लवनिकट जन पत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरिसकेको थियो।विप्लव नेकपाले हेडक्वार्टरसम्म पुग्न १४ किलोमिटर बाटो खन्न थालेको थियो। खुलालु–लालु–मालकोटसम्म १४ किलोमिटरमध्ये सात किलोमिटर बाटो विप्लव नेकपाले खनिसकेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार