राजनीति
पोखरा- पोखरामा मापदण्ड विपरित एक व्यक्तिले निर्माण गरेको घर टहरा पोखरा महानगरले सोमबार भत्काएको छ । पोखरा महानगरपालिका ५ स्थित बाँसटारी टोल (धारापानी) मा रहेको सार्वजनीक जग्गामा युवराज खतिवडाले हालै निर्माण गरेको घर टहरा भत्काउन महानगरलाई निकै सकस परेको थियो ।
पोखरा महानगरपालिका ५ पस्र्याङस्थित धारापानीमा युवराज खतिवडाले सार्वजनिक जग्गामा बनाएको घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको छ ।एक महिनाअघि नै संरचना भत्काउन महानगरपालिकाले दिएको सुचना लत्याएपछि महानगर आज दिउँसो डोजर र सुरक्षाकर्मी लिएर पुगेको थियो । नगर र जनपद प्रहरीसहित पुगेपनि स्थानीयको अवरोधकाकारण थप प्रहरी झिकाएपछि संरचना भत्काउन सम्भव भएको हो ।
सोमबार विहान करिब १ः०० बजे तिर उक्त घर टहरा भत्काउने तयारी गरेर महानगर फिल्डमा पुगे पनि स्थानियको अबरोधले गर्दा उक्तः घर टहरा भत्काउन वडा प्रहरी कार्यालय बैदाम,जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोग लिनु परेको थियो ।
प्रहरीले बृद्धबृद्धा पनि नियन्त्रणमा
प्रहरीले खतिवडाको घर नभत्काउन आग्रह गर्ने र नारावाजी गर्ने बृद्ध बृद्धा सहित केहीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले खतिवडालाई समेत नियन्त्रणमा लिएको थियो ।
नागरिक समाजका पुर्व अध्यक्ष पौडेलले मापदण्ड विपरित निर्माण भएका कुनै पनि भौतिक संरचना ढिलो चाडो सवै भत्काउनु पर्नेमा जोड दिए ।
https://youtu.be/NHYaYZmWLpE