राजनीति
पोखरा- विभिन्न सामाजिक संघसंस्थामा आवद्द रहेर सामाजिक कार्यमा क्रियाशिल दुई युवा एक कार्यक्रम बीच संघिय समाजवादी फोरममा पार्टी प्रवेश गरेका छन।शनिवार पोखरामा नेपाल सरकार उपप्रधानमन्त्री तथा स्वास्थ मन्त्री समेत रहेका फोरमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले खादा एवम् अविर लगाएर पार्टी प्रवेश गराएको युवा नेता रेशम रानाले बताएका छन।
पार्टी प्रवेश गर्नेमा सरोज गुरुङ र सरोज तामाङ रहेका छन।पोखरा रामबजार मा स्थापित हाम्रो सहयोगी हातहरु नामक सस्थाको उपाध्यक्ष समेत रहेका गुरुङ र सद्स्य तामाङले उत्पीडित जाती विशेषको न्याय र अधिकारको लागि फोरम पार्टी नै सहि रहेको भन्दै यसैमा आवद्ध भएको बताएका छन।
नेपाल सरकारका उप–प्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधनको लागि आफुहरु सरकारमा गएको प्रष्ट पार्दै संविधान संसोधन नभए सरकार छाड्ने बताएकाछन् । संघीय प्रेस फोरम, कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै मन्त्री यादवले संविधान संसोधनको आश्वासन प्रधानमन्त्रीबाटै आएकोले केहि समय धैयता गर्ने तर संविधान संसोधन नहुने ग्यारेन्टी हुनसाथ सरकार छाड्ने बताएका हुन् ।
उनले भने “ प्रधानमन्त्री शेपी शर्मा ओलीले संविधान संसोधनको कुरा गर्दै आएकोले तराई मधेषी दलहरुको माग अनुसार संविधान संसोधन हुनेमा हामी पूर्ण विश्वस्त छौं, अन्यथा हामी सरकारमा बस्दैनौं । ” हतारमा संविधान जारी गर्दा केहि संसोधन गर्नुपर्ने बिषयहरु रहेकोले उक्त बिषयलाई सरकारले गम्भिरता पूर्वक संसोधन गर्नुपर्ने उनको भनाई थियो ।
उनले भने “दुई तिहाइ बहुमतको सरकारले संविधान संसोधन गरी देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजानु पर्छ । ” आर्थिक विकासको लागि जुन रुपमा पर्यटन, कृषि र जलबिद्युत जुन गतिमा विकास हुनु पर्ने हो त्यो हुन नसकेको उनको बुझाइ थियो ।
राजपा सरकारमै रहेको बताउदै मन्त्री यादवले भने “राजपा केन्द्रमा सहभागिता नभए पनि स्थानिय र प्रदेश सरकारमा उनीहरुको सहभागिता रहेको छ, त्यसको आधारमा राजपाले सरकार नै छाड्यो भन्न मिल्दैन्। ” राजपासंग पार्टी एकिकरणको समेत कुरा अघि बढेकोले बताउदै फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादवले पार्टी एकिकरण भए पश्चात सरकारमा रहने वा नरहने बिषयमा पछि थाहा हुने जनाए । पार्टी एकिकरणको लागि ढोका खुल्ला राखेर आफुहरुले मार्ग प्रसस्त गरेको उनले जनाए ।