राजनीति
लम्जुङ- नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विधार्थी संगठन लम्जुङका अध्यक्ष सुनिल कुमाल (आहवान)लाई प्रहरीले गिरफ्तार गरेको छ ।
अखिल क्रान्तिकारी लम्जुङका अध्यक्ष सुनिल कुमाल (आहवान)लाई आज बिहान ८ बजे बेसिशहर बाट प्रहरीले पक्राउ गरेको हो। तय्सै गरी नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुका जिल्ला सदस्य अमर बुढालाई पनि तनहहुँबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । बुढालाई ११ बजे घर बाटै पक्राउ गरेको स्रोतले जनाएको छ ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ ।विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका युवा संगठनका पूर्व प्रमुख रुपेश दिवाकरलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार कैलालीको गोदावरी नगरपालिकाबाट पक्राउ गरेको हो।
तर कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सिना र प्रहरी प्रवक्ता भने यो विषयमा खुल्न चाहेनन्।