राजनीति
भोजपुर – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।टेम्के मैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका १ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
पक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ जिल्ला कमिटी सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष रहेका प्रहरीको भनाइ छ ।भोजपुर सदरमुकाममा पक्राउ परेकाहरु सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । महेन्द्र तामाङलाई प्रहरीले जिल्ला ल्याउने क्रममा रहेको डिएसपी थेवेले बताए ।
लम्जुङ- नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विधार्थी संगठन लम्जुङका अध्यक्ष सुनिल कुमाल (आहवान)लाई प्रहरीले गिरफ्तार गरेको छ ।अखिल क्रान्तिकारी लम्जुङका अध्यक्ष सुनिल कुमाल (आहवान)लाई आज बिहान ८ बजे बेसिशहर बाट प्रहरीले पक्राउ गरेको हो। तय्सै गरी नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुका जिल्ला सदस्य अमर बुढालाई पनि तनहहुँबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । बुढालाई ११ बजे घर बाटै पक्राउ गरेको स्रोतले जनाएको छ ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ ।विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका युवा संगठनका पूर्व प्रमुख रुपेश दिवाकरलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार कैलालीको गोदावरी नगरपालिकाबाट पक्राउ गरेको हो।तर कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सिना र प्रहरी प्रवक्ता भने यो विषयमा खुल्न चाहेनन्।
विप्लव नेकपाका कालिकोटमा जनसरकार प्रमुख शाही प्रकाउ
कालिकोट प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेकपा बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ।कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो।शाही कालिकोटमा विप्लव नेकपाले गठन गरेको जनसरकार प्रमुख पनि हुन्।उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ। ‘विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको हो,’ शर्माले भने, ‘के–के मुद्दा आकर्षित हुन्छन्, प्रारम्भिक अनुसन्धानपछि भोलि अदालत लगिने छ।’
कालिकोट विप्लव नेकपा नेता खड्गबहादुर विश्वकर्माको आधार इलाका मानिन्छ। सरकारले गत फागुन २८ गते विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले पक्राउ तथा कारबाहीलाई तीव्र पारेको छ।त्यसअघि विप्लवनिकट जन पत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरिसकेको थियो।विप्लव नेकपाले हेडक्वार्टरसम्म पुग्न १४ किलोमिटर बाटो खन्न थालेको थियो। खुलालु–लालु–मालकोटसम्म १४ किलोमिटरमध्ये सात किलोमिटर बाटो विप्लव नेकपाले खनिसकेको थियो।
विप्लव नेकपाका अर्का ठुला कोसी व्यूरो इञ्चार्ज श्रेष्ठ सहित एक मोरङबाट प्रकाउ
मोरङ- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेतालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।मोरङ कानेपोखरी गाउपालिका– ४ को भित्री गाउँबाट कोसी व्यूरो इञ्चार्ज पुस्कर श्रेष्ठ र आकाश शर्मालाई पक्राउ गरेको हो।शर्माको पार्टी हैसियत प्रष्ट भइसकेको छैन। दुवैजनालाई पार्टीको आन्तरिक प्रशिक्षणका लागि गाँउमा पुगेको समय प्रहरी श्रोतले पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार दुवैलाई पक्राउ गर्ने क्रममा पर्दा अन्य नेता भने फरार भएका थिए।
पूर्व पश्चिम राजमार्गको कानेपोखरीदेखि करिव ७ किलोमिटरमा पर्ने भित्री गाउँमा पक्राउ परेका नेकपा कार्यकर्तालाई पथरी सम्म ल्याइएको बताइएको छ।तर मोरङ प्रहरीले भने विप्लव कार्यकर्ता पक्राउको विषयमा अनविज्ञता प्रकट गरेको छ।मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भने, ‘मोरङबाट पक्राउ पर्दा मलाई जानकारी हुनुपर्ने हो। जिल्लाको टोलीले पक्राउ गरेको भए खबर पाएको छैन।’