logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सिन्धुपाल्चोकको चाकु जलविद्युत आयोजनामा बिस्फोट, चार जनाको मृत्यु


  • राजनीति
  • मंगलबार, चैत्र १२ २०७५

गए राती सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।

आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको स्टोरमा सोमबार साँझ भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार ग्यास सिलिण्डर बिस्फोट भएर दुर्घटना भएको हुनसक्छ। यता स्थानीयका अनुसार ग्यास सिलिण्डर नभएर सुरूङ बिस्फोट गराउन राखिएको बिस्फोटक पदार्थ पड्किएको हुनेसक्ने बताएका छन्।

अहिले घटनास्थलमा प्रहरी टोली पुग्ने क्रममा भएकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार