राजनीति
काठमाडौ बाट नजिकको जिल्ला काभ्रेबाट पक्राउ परेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्श’ सहित गिरफ्तार सबैलाइ प्रहरीले आन्तरिक बिषयमा गहिरो सग अनुशन्धान गरिरहेको स्रोतको दावी छ ।
काभ्रे बाट गिरफ्तार भएका मध्य दुइ जना सुदर्शन ए बसन्त श्रेष्ठलाई बढी सोधपुछ गरेको बुझिएको छ । श्रेष्ठले आफूलाई पार्टीको पूर्वी ताम्सालिङको इञ्चार्ज हुन । तर सुरक्षा संयन्त्रले भने उनी पहिले समूहको सैन्य फाँटमा रहेको भन्ने गरेको छ ।
श्रेष्ठले भने आफू सैन्य विभागमा नभएको दाबी गर्दै राजनीति फाँटमा कार्यरत् रहेको बताउने गरेका छन् ।
स्रोतका अनुसार नेकपाका मध्यकमाण्डका इञ्चार्ज सुदर्शनले भने सोधिएको अधिकांश प्रश्नमा इन्कारी जवाफ दिने गरेका छन् । राजनीति मुछिएको विषय, त्यसमा पनि उच्च तहको नेता भएकाले पनि प्रहरीले उनीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सकेको छैन । ‘भदौ १ गतेदेखि मुलुकी अपराध संहिता लागू भएपछि प्रहरी झनै बाँधिएको छ’, अनुसन्धान एक अधिकारी लाइ उदृत गर्दै भन्छन्, ‘सुदर्शनलाई सोधिएको जवाफमा उनले ठाडै जवाफ फर्काउँछन्, ‘सांगठनिक कुरा मैले किन भन्ने ?’
वली, श्रेष्ठ लगायतविरुद्ध प्रहरीले विष्फोटक पदार्थ, हतियार तथा खरखजना, राज्यविरुद्धको कसुर लगायतको मुद्दामा ८ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने खानेपानी मन्त्री विना मगरको पूर्वपति शंकर अधिकारी पनि छन् । हाल उनी विप्लव समूहको रौतहट इन्चार्ज छन् ।
पक्राउ पर्नेहरुमा नेता रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र धर्मराज राजबाहक छन् ।
स्रोत: अनलाइन खबरमा गौरव पोखरेलले समाचार लेखेकाछन ।