logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका कार्यकर्ता भन्दै सर्वसाधारण पक्राउ गरेकाे गुनासाे


  • राजनीति
  • मंगलबार, चैत्र १२ २०७५

पछिल्लो समय प्रतिबन्धसंगै नेकपा मात्रै हाेइन निर्दाेस जनता प्रहरीकाे निसानामा परेका छन्। निशस्त्र मान्छे पक्राउ गर्ने जवजस्ति हतियार भिराउने र फसाउने नीति अख्तियार गरेकाे नेकपाले दावी गरेकाे छ । यसैबिच प्रहरीले सप्तरीको विभिन्न ठाउँबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना जिल्ला स्तरीय नेतालाई पक्राउ गरेकाेे दावी गरेकाे छ ।

प्रहरीले कञ्चनरुप नगर वडा नम्बर ६ बस्ने ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका वडा नम्बर ६ बस्ने ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बस्ने ४० बर्षीय तेजनारायण यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेको जनाएको छ । आजै उता धनगढीमामा हाेटल ब्यबसाय गरिरहेका जनतालाइ विप्लवका कार्यकर्ता भन्दै पक्राउ गरिएकाे छ। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेर वहादुर देउवा र खुम बहादुर खड्का भन्दा अग्रपंक्तिमा देखिएका ओली बादल जनता पक्राउ गर्दै जवजस्त विप्लव बनाउदैछन्। यस्ताेे तरिकाले नियन्त्रण हाेइन झन एकताबद्ध र संगठित हुने र विप्लव झन बलियाे हुने विज्ञहरु ले टिप्पणी गर्न थालेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार