राजनीति
पोखरा- बाबा फाउण्डेसन नेपालले रोटरी क्लब अफ पोखरा न्यूरोडको सहकार्यमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई डष्टविन वितरण गरेकोे छ । स्वच्छ हराभरा, पोखरा अभियानलाई सार्थक बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई डष्टविन वितरण गरिएको हो।
मंगलबार आयोजित एक कार्यक्रममा फाउण्डेसनले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानालाई १० थान डस्विन हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले वालवालिका र वातावरण जस्तो संबेदनशिल क्षेत्रमा काम गरेको संस्था बाबा फाउण्डेशनले यस कार्यालयमा डष्टविन दिएकोमा धन्यवाद ब्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।