राजनीति
पुर्व प्रधानमन्त्री तथा शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले टीकापुर घटना राजनीतिक घटना भएको र यसलाई राजनीतिक रुपमा नै हल गर्नुपर्ने बताएका छन् ।टीकापुरमा आयोजित अन्तरसंवादमा बाेल्दै नेता भट्टराईले ‘टीकापुरमा थारुले आफू ठगिएको ठानेर आन्दोलन गरेको हो । आफ्नो व्यक्तिगत स्वार्थका निम्ति लुटपाट गर्नका लागि गरिएको आन्दोलन थिएन । अधिकार माग्ने क्रममा आन्दोलन गर्दा घटना भएको हो,’ टीकापुरमा आयेजित अन्तर–संवाद कार्यक्रममा संयोजक भट्टराईले भने, ‘सरकारले मुद्दामा कुन ढंगबाट मिसिल तयार गरेको छ त्यसै अनुसार अदालतले फैसला गर्ने हो ।’उनले सरकारी वकिलले जस्तो मुद्दा बनायो त्यसै अनुसार अदालतबाट फैसला हुने बताउँदै उक्त घटनालाई राजनीतिक रुपमा नै हेरिनुपर्ने तर्क गरेका थिए ।‘थारु निकै सोझो समुदाय हो । भनाइ छ सोझालाई रिस उठदैन रिस उठेपछि आखा देख्दैन । सायद थारु पनि निकै सोझो भएर रिस उठेर आक्रोशमा आएर टीकापुर घटना भएको हो,’ उनले भने ।इतिहासमा नेपाली कांग्रेसले देखि एमाले र माओवादीलाई पनि कुनै समय अराष्ट्रिय तत्व र आतंककारी भनेर सम्बोधन गरिने गरेको सम्झन आग्रह गर्दै उनले सीके राउतसँग हात मिलाउने सरकारले थारुलाई मुद्दालाई अपमान गरेको दाबी गरे । ‘सरकारले देश विखण्डन गर्छु भन्ने नारा लाउने सीके राउतको घटना राजनीतिक रुपमा समाधान गर्यो । सबैका मुद्दा राजनीतिक रुपमा फिर्ता लिन हुने । तर, थारुका मुद्दा फिर्ता लिन नुहुने, किन ? यसमा संगती देखिएन,’ भट्टराईले भने ।देशमा सबै वर्ग क्षेत्र समुदायका जनताले अधिकार नपाएको भनेर देशलाई संघीयतामा लगिएको र कपितय पुराना सोच भएका वर्षौंदेखि सत्तामा रहेकाहरुले आफूहरुले ल्याएको १० प्रदेशको खाकामा सहमत नजनाएको र थारुहरुले आफू ठगिएको ठानेर आन्दोलन गर्दा टीकापुर घटना भएको नयाँ शक्ति पार्टीको ठहर रहेको उनले बताए ।‘टीकापुर घटनामा थारु र पहाडीको कुरा होइन । सत्य र न्यायको कुरा हो । सबै मिलेर बस्न जुरुरी छ । एकता र सदभाव भयो भने मात्र दिगो विकास हुन्छ । लोकतन्त्रमा यो ठाउँ सांसद विहिन हुनु हुँदैन । सत्य र न्यायका लागि तपाईंहरु लाग्नु भयो भने टीकापुर सांसद विहिन हुन्न । हुनु हुँदैन । सिंहदरबारमा बस्नेलाई यो कुरा बुझाउन जरुरी छ,’ उनले भने ।