logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मतपेटिका बोकेको सवारीमा विष्फोट, हवाई गस्ती गरिदै


  • राजनीति
  • मंगलबार, असोज ३ २०७४

२ गते मात्र सम्पन्न प्रदेश न २ को स्थानीय निर्वाचन अन्तर्गत सर्लाहीको हरिऔन नगरपालिका बिलन्दी प्रा.वि.मा रहेको मतदान केन्द्रको मतपेटिका बोकेको सवारी साधनमै बम विष्फोट भएको छ ।
बिलन्दी प्रा.वि.को मतदान केन्द्रबाट मतपेटिका बोकेर नगरपालिकाको कार्यालयतर्फ जादै गरेको सवारी साधनमा उक्त विष्फोट भएको हो । विष्फोटको कारण सवारी साधन क्षति ग्रस्त भएको छ ।

विष्फोटपछि प्रहरीले निकै बेर फायरिङ गरेको थियो भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको थियो । सोमबार साँझ भएको उक्त बम विष्फोटपछि नेपाली सेनाको हवाई गस्ती समेत गरेको थियो ।

केही व्यक्ति घाइते भएको बताइए पनि अन्य मानविय क्षति भएको छैन । बम विस्फोटको जिम्मा हाल सम्म कसैले लिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार