logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एलडिओ माथी मोविल आक्रमण


  • राजनीति
  • मंगलबार, असोज ३ २०७४

रामेछाप जिल्लाका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेपाल कम्यनिष्ट पार्टी – विप्लव कार्यकर्ताले मोविल खन्याएका छन् । सोमबार विप्लप का कार्यकर्ताले स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै गएर कालो मोविल खन्याएका हुन् ।

स्थानीय विकास अधिकारी दिनेशराज पन्तले भने आफ्नो कुनै गल्ती नहुदा पनि अपरिचित व्यक्तिले कार्यकक्षमै आएर मोविल खन्याएको भन्दै सो व्यक्तिलाई तत्काल कार्वाहीको माग गरेका छन् । उनले आफु काम गरिहरेको बेलामा एउटा रजिष्टर लिएर एक अपरिचित व्यक्ति आएको र उसको रजिष्टर हेर्दै गर्दा सो व्यक्तिले आफुमाथि कालो मोविल खन्याएर भागेको बताए ।

यसैवि जिल्ला समन्वय समितिले घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा कार्यालयमा काम गरिहेको अवस्थामा स्थानीय विकास अधिकारी पन्तको शरिरमा कालो मोविल खन्याईनुलाई निन्दनिय , अपराधिक र कायरतापुर्ण घटना भनिएको छ । घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारवाही अघि बढाउन जिल्ला समन्वय समितिले सम्वद्ध पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

उता नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्वेवारी लिएको छ । स्थानीय विकास अधिकारी पन्तले राजैतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको भन्दै त्यसको कार्वही स्वरुप मोविल खन्याईएको विज्ञप्ती मार्फत जनाएको छ । नेपाल कम्यनिष्ट पार्टी जिल्ला समिति रामेछापका नेता विवेक लामाले नयाँ संरचना बनिसकेपछि पनि मिलेमतोमा स्थानीय विकास अधिकारी दिनेशराज पन्तले आर्थिक अनियमितता गरेको भन्दै कालो मोविल खन्याएर कारवाही गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्तीमा गत आर्थिक बर्षमा विविध शिर्षको नाममा १९ करोड भन्दा बढि विभिन्न राजनैतिकदलको मिलेमतोमा स्थानीय विकास अधिकारी पन्तले अनियमितता गरेको , जिविसले जिल्लाको आयव्ययमा वर्तमान विकेन्द्रीत व्यवस्था अनुसार जिल्ला स्थित ३ वटा कार्यालयलाई ३९ करोड ८२ लाखको बिबरण स्पष्ट दिन नसकेको , जिल्लामा ढुंगा गिट्टी र बालुवाको न्युनतम अंक निर्धारण गर्दा प्रारम्भीक बाताबरण म्ल्याङन प्रतिवेदनले तोकेको परिणाम भन्दा बढि निकाल्न नपाईनेगरी नियन्त्रण व्यवस्था कर निर्धारण नगरेको भन्दै स्थानीय विकास अधिकारीलाई मोविल खन्याईएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार