logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्दोस सावित गर्दै अदालतले रिहा गरे विप्लवका १७ कार्यकर्ता


  • राजनीति
  • बुधबार, चैत्र १३ २०७५

सिन्धुपाल्चोक- प्रहरीले राजद्रोहको अभियोगमा पक्राउ गरेका विप्लव नेकपाका कार्यकर्तालाई धरौटीमा रिहा गरेको छ।जिल्ला अदालत सिन्धुपाल्चोकले चन्दा असुली र हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले राजद्रोहको अभियोगमा मुद्दा चलाएका नेकपा विप्लवका १७ कार्यकर्तालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

बुधबार अबेरसम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधीश टिकाराम आचार्यको एकल इजलासले १३ जनालाई धरौटीमा र बाँकी तीन जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।विप्लव कार्यकर्ता इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटी माग गरिएको छ। पक्राउ परेका रमिता अधिकारी, हिरा र सविता श्रेष्ठलाई साधारण तारेखमा छाड्ने आदेश दिएको होप्रहरीले पक्राउ गरी मुद्दा चलाएका १७ मध्ये कल्पना रुम्बा, अजय श्रेष्ठ लगायतलाई जनही छ हजार धरौटीमा रिहा गर्ने अदालतको आदेश छ।बुधबार अबेर आदेश भएकाले समय अभावमा रिहा भएकाहरु घर जान भने पाएका छैनन्। पक्राउ परेका तीनजना बाहेक बाँकी सबै अन्य जिल्लाका हुन्।सिन्धुपाल्चोक प्रहरीले गत फागुन १७ गते राती चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारमा बास बसेका बेला उनीहरुलाई पक्राउ गरी राजद्रोहको मुद्दा चलाएको थियो।

थुनछेक बहसका क्रममा अदालतमा आफ्ना पक्षका कानुन व्यवसायी र सञ्चारकर्मीसँग पक्राउ परेकाहरुले प्रहरीले यातना दिएको गुनासो गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार