logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सत्र बर्ष पुरानाे यातायात नीति यसरी फेरिदै


  • पत्रपत्रिका
  • बिहिबार, चैत्र १४ २०७५

सरकारले करिव सत्र बर्ष पुरानाे यातायात नितिमा व्यापक हेरफेर ल्याउने भएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति २०५८ संशोधनको तयारी थालेको छ । सत्र वर्ष पुरानो नीतिमा यातायातका क्षेत्रहरूलाई समेट्न नसकेको भन्दै संशोधन गर्न लागिएको हो । संशोधन प्रस्तावको मस्यौदा तयारी भएको र केही दिनमै मन्त्रालयमा पेश गर्ने भएको हाे  ।

यातायात नीति २०५८ अनुसार यातायात भन्नाले सडक यातायातलाई मात्र सम्बोधन गरिएको थियो ।

तर अब रेल तथा जल यातायातलाई पनि सम्बोधन गर्नुपर्ने भएकाले संशोधन गर्न लागिएको मन्त्रालयले जनाएको छ । साथै, नयाँ प्रविधि र नयाँ संरचनालाई पनि संबोधन गर्नुपर्ने आवश्यक रहेको बताइएको छ । समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार