logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विगतमा ठुला अ’परेशन फे’ल भए, त्यसैले वि’प्ल’वसंग पो’लिटिकल डि’ल गर : पुर्व प्रधानसेनापति क्षेत्री

वि'प्लवका नेता कार्यकर्ता प'क्राउ गर्न नेपाली सेनाकाे प्रयाेग नगर्न अपिल याे राजनीतिक स'मस्या हाे


  • राजनीति
  • बिहिबार, चैत्र १४ २०७५

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्र’विक्रम चन्द(वि’प्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नि’यन्त्र’णमा लिन खोज्नु मुलुकका लागि घा’तक हुनसक्ने चे’ता’वनी दिएका छन्। नेकपामाथि प्र’ति’बन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेको क’दमको आ’लोचना गरे। गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्र’तिब’न्धित नेकपाका नेता÷कार्यकर्ता नि’यन्त्र’णमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए।

आफू अवकाश हुनुअघिसम्म सरकारलाई राजनीतिक समस्या वार्ताबाटै हल गर्न सुझाव दिएको र पहिलेको धारणा र सुझावमा त्यति तात्विक फरक नभएको उनले स्पष्ट पारे। ‘वि’प्ल’व र उनी संलग्न नेकपा रा’ष्ट्र’घाती र दे’श’विरोधी होइनन्, उनीहरूमाथि राजनीतिक शक्तिकै व्यवहार गरिनुपर्छ,’ नागरिकसँगको विशेष कुराकानीमा पूर्वप्रधानसेनापति क्षत्रीले भने, ‘समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्ताबिनै ब’ल प्रयोग गर्दा देश पुनः द्व’न्द्वमा फस्ने जोखिम रहन्छ।’

राजनीतिक कदमबाट सम्भव नभए सेना स्वभाविकरूपमा अघि आउने उनले बताए। फागुन २७ गते वि’प्लव नेतृत्वको नेकपामाथी सरकारले प्र’तिवन्ध लगाएसँगै वरिष्ठ नेता हेमन्तप्रकाश वली (सुदर्शन) सहित ३ दर्जन नेता÷कार्यकर्ता प’क्रा’उ परिसकेका छन्। संविधान र कानुन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई का’रबाही गर्न सधै सरकारलाई अधिकार भएको तर दलमाथि नै प्र’ति’बन्ध लगाएर नि’षेध गर्न खोज्दा अ’सन्तुष्ट पक्ष झन् बलियो हुने उनको तर्क छ। वि’प्लवले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै आफूहरूमाथि लगाइएको प्र’तिब’न्ध फु’कुवा नगरे सरकारमाथि प्र’ति’बन्ध लगाउने चे’ताव’नी दिइसकेका छन्। यसलाई पूर्वप्रधानसेनापति क्षत्रीले मु’ठ’भेडको जोखिम रहेको औंल्याए।

मा’ओवादी द्व’न्द्वले उग्ररूप लिएका बखत २०५८ देखि २०६२÷०६३ ताका हिं’सा नि’यन्त्रणमा क्षत्री सेनाको रणनीतिक योजना तर्जुमामा समेत खटिएका थिए। तत्कालिन वि’द्रो’ही नेकपा मा’ओ’वादीले आफू समाप्त हुने ख’तरापछि आ’त्मसमर्पण गरेर नै मूलधारको राजनीतिमा आएको क्षत्रीले टिप्पणी गरे। फौ’जी का’रबाहीबाट मा’ओ’वादी समाप्त हुने देखेपछि अध्यक्ष पुष्पकमल दाहाल आफ्ना सबै लक्ष्य, उद्देश्य र गन्तव्य थाती राखेर मूलधारका राजनीतिक दलसँग मिलेको पूर्वप्रधानसेनापति क्षत्रीको टिप्पणी छ।

दाहालसमेत आफ्ना लक्ष्य, उद्देश्य, रणनीति सबै त्यागेर मूलधारमा आएको भन्दै वि’प्लव समस्या पनि ‘राजनीतकि’ समाधान खोज्न उनले सरकारलाई सुझाव दिए। ‘मा’ओ’वादी स’शस्त्र हिं’साले मुलुक १० वर्षसम्म ब’र्वा’दीमा फस्यो, अब त्यो दोहोरिन नदिन विप्लव समस्या समस्या समयमै समाधान खोजिनुपर्छ,’ क्षत्रीले भने, ‘बल’ प्रयोग कुनै पनि हिसावले उपयुक्त र सही बाटो होइन।

‘मा’ओ’वादी समाप्त हुने अवस्था आएपछि दाहालले ‘राजनीतक आ’त्मसमर्पण’ गरेका हुन्,’ अवकाशपछि पहिलोपटक तत्कालीन वि’द्रोही मा’ओवा’दीबारे समेत मुख खोलेका पूर्वसेनापति क्षत्रीले भने, ‘वि’प्ल’व समस्या पनि प्रचण्डले चलाएको आ’न्दो’लनको अवशेष हो, आफू मूलधारमा आउने र सँगै लडेको शक्तिलाई ब’ल प्र’योगबाट नि’यन्त्र’णमा लिन खोज्नु गलत हो।’

मा’ओ’वादी सकिने डरले मूलधारका राजनीतिक दलसँग मिसिएको तर नेपाली कांग्रेस र तत्कालिन नेकपा एमाले लगायतका दलहरू मा’ओवा’दीसँग लाचार बनेको उनले टिप्पणी गरे। नेपाली सेनाले वि’प्ल’व सम’स्यालाई द्व’न्द्वको निरन्तरता चाहने त’त्वका रूपमा लिएको र त्यसको कारक १० वर्षे मा’ओवा’दी हिं’सामा संलग्न नेतृत्व नै भएको उनले बताए। ‘हिजो पनि मा’ओ’वादीले द्व’न्द्वकै माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्न खोजेको थियो, राज्यका सामू त्यो सम्भव भएन,’ क्षत्रीले भने, ‘अहिलेको वि’प्लव समस्या पनि त्यसकै निरन्तरता हो, यसलाई बेलैमा राजनीतिक व्यवस्थापन गर्न सकिएन भने १० वर्षे हिं’साकै जस्तो अवस्था आउन सक्छ।’ राजनीतिक श’क्ति असफल भए मात्रै वि’प्ल’व समसया समाधानमा सै’न्य’शक्ति प्रयोग गर्नुपर्ने उनले बताए।

‘अ’सन्तुष्ट पक्षलाई मूलधारमा ल्याउन पहिलो र उपयुक्त विकल्प राजनीतिक समाधान नै हो, २÷४ वटा च’न्दा आतं’क, वि’स्फोट तथा आ’गजनी हुँदैमा वि’प्लवमाथि सुर’क्षात्मक वि’कल्पबाट मात्रै नि’य’न्त्रण गर्नु प्रत्युत्पादक हुन सक्छ,’ उनले भने, ‘राजनीतिमा संलन विप्लव तथा नेकपासँग सरकारले ‘पो’लिटिकल्ली डिल’ गर्नुपर्छ।’ आफू सेनापति छँदा सरकार र राष्ट्रपति समक्ष अरु विकल्प नखोजी ‘सेक्युरिटी अप्सन’बाट समस्या समाधान गर्नुहुँदैन भनेर सुझाव दिएको र अहिले पनि सेनाको त्यही नै धारण रहेको आफूले पाएको उनले स्पष्ट पारे।

‘अहिलेको सेनापतिले पछिल्लो गतिविधिलाई कसरी लिनुभएको छ भन्ने ठ्याक्कै त भन्न सकिँदैन, तर उहाँले दिनुभएका वक्तव्य र हामीसँग भएका अन्र्तक्रियाका क्रममा मेरो पालामा लिएको सेनाको नीतिभन्दा खासै फरक छैन।
बल प्रयोग र नियन्त्रणका अभियानले १० वर्षे द्वन्द्वकालमा झनै माओवादीका सशस्त्र गतिविधि झाँगिएको उनले खुलासा गरे। सुरक्षा निकायले चलाएको रोमियो, किलो, अल्फालगायतका अपरेसनसमेत बल प्रयोगको नीतिकै कारण फेल खाएको उनले स्वीकार गरे।  उनले सरकारले बार्ता गरेर समस्या सुझाउन सरकार र सम्बन्धित पक्षसंग अपिल गरे।

यस अघि पुर्व प्रधानसेनापति रुक्मांगद कटुवालले विप्लव राष्टबादी शक्ति भएकाे र उमाथि बलप्रयाेग नगर्न अपिल गरिसकेका छन् भने पुर्व जर्नेल तथा सैन्यबिद डा. प्रेमसिहं बस्न्यातले विप्लवमाथीकाे प्रतिबन्ध लगायर केपी ओली सरकारले युद्ध चाहेकाे र त्यसमा सेना प्रहरीले साथ नदिने बताइसकेका छन् भने नेपाली सेनाले विप्लव राजनीतिक शक्ति भएकाे र राजनीतिक हिसावले समस्या सुझाउन सरकारलाई सुझाव दिएकाे थियाे साथै विप्लव नियन्त्रण गर्न सेना परिचालन नभएको पनि सेनाले भनेकाे थियाे । नेपाली सेनाकाे उक्त भनाइलाइ लियर सरकारले सेनालाई स्पष्टीकरण सम्म साेधेका समाचारहरु आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार